जनउत्थान सामुदायिक लघुवित्तको शतप्रतिशत हकप्रद भर्ने बुधबार अन्तिम दिन

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको शतप्रतिशत हकप्रदमा आवेदन दिने अन्तिम दिन साउन १५ (बुधबार) अन्तिम दिन हो ।

लघुवित्तले साउन १२ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर बिक्रीमा ल्याएको थियो । कम्पनीले १ बराबर १ को अनुपातमा २ लाख ८८ हजार कित्ता सेयर बिक्री गरेको  हो । जनउत्थानको  प्रतिकित्ता १ सिय रुपैयाँ दरको २ करोड ८८ लाख रुपैयाँको हकप्रद खुला भएको हो ।

कम्पनीले गत वर्ष कायम चुक्ता पुँजी २ करोड ८८ लाख रुपैयाँको १०० प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो । असार १ गतेसम्म कायम सेयरधनीले उक्त हकप्रद भर्न पाउनेछन् ।

लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल काठमाडौं तथा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था रुपन्देही तथा यसका सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसैगरी, सी–आस्वामा सहभागी सबै बैंक तथा वित्तिय संस्थाबाट पनि हकप्रद भर्न पाइनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार