IME Life

बैंकका कर्मचारीलाई बीमाको टार्गेट घट्यो

SPIL
NIC ASIA

काठमाडौं । केन्द्रीय बैंकले हालै जारी गरेको मौद्रिक नीतिले बैंकास्योरेन्सलाई निरुत्साहित गरेपछि बैंकका कर्मचारीहरु बीमा टार्गेटको टेन्सनबाट मुक्त भएका छन् ।

मौद्रिक नीतिमा राष्ट्र बैंकले कडाई गर्दै बैंकमार्फत हुने बीमालाई अनिवार्य रुपमा लागू गर्न नपाउने बरु बिमित आफैले कम्पनी छनौट गरेर गर्न पाउने व्यवस्था गरेपछि बैंकहरुमा बीमाको कारोबार घट्न थालेको छ ।

Prabhu
Crest

यसअघि बैंकहरुले बीमा कम्पनीसँग संस्थागत एजेन्टको अनुमति लिई आफ्ना सेवाग्राहीहरुलाई अनिवार्य बीमा लागू गर्दै कर्मचारीहरुलाई समेत बीमाको व्यापारको न्यूनतम थ्रेसहोल्डको टार्गेट दिने गरिएको थियो । केन्द्रीय बैंकको नयाँ नीतिले बैंकका कर्मचारीहरु बीमा टार्गेटको टेन्सनबाट मुक्त भएका हुन् ।

बैंक तथा वित्तिय संस्थामा बीमा फाँटमा कार्यरत कर्मचारीहरु बैंकास्योरेन्स विषयमा केही बोल्न चाहदैनन्, तर टार्गेट घटाएपछि राहत महसुस गरेको स्वीकार गर्दछन् ।

यसअघि बैंकका उच्च अधिकारीहरुले बीमा फाँटका प्रत्येक कर्मचारीलाई बोलाएर निश्चित रकमको टार्गेट दिने गर्दथे । संस्थागत अभिकर्ताको सम्झौता गरिएका बैकहरुले धमाधम बीमा पोलिसी विक्री गर्दै आईरहेका थिए । कतिपय बैंकका कर्मचारीहरुले जबरजस्ती बीमा पोलिसी बिक्री गरेको आरोप समेत लागेको थियो ।

२०७६/७७ को मौद्रिक नीतिले बैंकहरुले बेच्दै आएका बीमा पोलिसी बिक्रीका लागि ऋणीले स्वच्छीक बीमा बाहेका बीमा पोलिसीहरु बिक्री गर्न नपाउने व्यवस्था गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS