Prabhu Life Ad Final

नेप्से ३ अंकले बढ्यो, यूनाइटेड इन्स्योरेन्सको सर्वाधिक कारोबार 

IME PAY
IME Life

साताको दोस्रो दिन शेयर बजार सामान्य अंकले बढेको छ । नेप्से ३ दशमलव १८ अंकले बढेर १,२५५. ९८ को बिन्दुमा कायम भएको छ । उत्पादनमुलक, लाइफ इन्स्योरेन्स र म्युचल फण्ड बाहेक सबै उपसुचक बढेका छन् । सबैभन्दा धेरै माइक्रोफाइनान्स २३ अंकले बढेको छ ।

दिनभरिमा १ सय ६६ वटा कम्पनीको १२ लाख ८ हजार ३ सय ४२ कित्ता शेयर ५ हजार ६ सय ७६ पटक खरिदविक्री हुँदा ३५ करोड ८ ाख १२ हजार रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै यूनाइटेड इन्स्योरेन्सको २ करोड ३८ लाख रुपैयाँको कारोबार भएको छ ।

त्यसैगरी प्रभु बैंक र साना किसान विकास बैंकको २ करोडमाथिको कारोबार भएको छ । कृषि विकास बैंक, नेपाल लाइफ इन्स्योरेन्स, सिवम् सिमेन्ट, नेपाल बैंक र मेगा बैंकको १ करोडमाथिको कारोबार भएको छ ।

सबैभन्दा धेरै सिर्जना फाइनान्स, नेपाल एग्रो लघुवित्त, स्वाभिमान लघुवित्तका लगानीकर्ताले ९ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै जोशी हाइड्रोपावर, यूनिभर्सल पावर कम्पनी र सिनर्जी पावरका लागनीकर्ताले ३ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS