IME Life

जीवन बीमा कम्पनीका सिइओहरु समितिमा, शर्माको संयोजकत्वमा पोलिसी अध्ययन कार्यदल

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले सबै जीवन बीमा कम्पनीहरुलाई बिमांकी मूल्याङ्कन प्रतिवेदन समयमा नै बुझाउन निर्देशन दिएको छ । समितिले आइतबार १९ वटै बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुलाई बोलाएर यस्तो निर्देशन दिएको हो । आईतबार समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले सबै बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुलाई बीमांकी मूल्याङ्कन प्रतिवेदन समयमा नै बुझाउन निर्देशन दिएका हुन् ।

बीमा समितिले समसामयिक विषयमा छलफल भनेर सबै बीमा कम्पनीका सिईओहरुलाई कार्यालयमा बोलाएको थियो । सो छलफलमा पोखरा र रौतहटमा जीवन बीमाको दुरुपयोग गर्दै बीमा दावी गर्ने उद्देश्यले श्रीमती र छोरीको हत्या गरेको विषयले प्रवेश पाएको एक बीमा कम्पनीका सिईओले इन्स्योरेन्स खवरलाई जानकारी दिए ।

Prabhu
Crest

छलफलपछि समितिले सल्लाहकार भोजराज शर्माको संयोजकत्वमा जीवन बीमा पोलिसीका बारेमा अध्ययन गर्न समिति निर्माण गरेको छ । सल्लाहकार शर्माले इन्स्योरेन्स खवरलाई प्रतिक्रिया दिँदै सामान्य कमिटी बनेको बताए । उनले भने, ‘टेक्निकल कमिटी बनेको हो, अण्डरराईटिङलाई कसरी व्यवस्थित गर्ने ? भन्ने सम्बन्धमा छलफल भयो, र्याण्डम सेल जस्तो पनि देखिएकोले यसमा केही गर्न सकिन्छ कि भनेर समिति बनेको हो । अब हामीले अरु ठाउँमा के के छ अध्ययन गर्छौ, अनि प्रतिवेदन तयार गछौं ।’ कार्यक्रममा बीमा समितिका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

छलफलमा पोखरा र रौतहटमा घटेको घट्नाको सम्बन्धमा सुक्ष्म अध्ययन गर्नुपर्ने, बीमा पोलिसीमा कुनै समस्या छ/छैन भन्ने विषयमा समेत छलफल भएको बीमा समितिमा सूचना अधिकारी निर्मल अधिकारीले जानकारी दिए । छलफलमा जनचेतनाको कमीका कारण जीवन बीमा अपराधसँग जोडिएको निष्कर्ष निकालिएको एक सहभागीले बताए ।

छलफलमा सहभागी सूर्या लाईफ इन्स्योरेन्स कम्पनीका सिईओ शिवनाथ पाण्डेले समितिबाट समसामयिक विषयमा छलफल गर्ने भनेर आमन्त्रण गरेर तीन विषयमा सामान्य छलफल भएको बताए । पोलिसीहरुलाई व्यवस्थित गर्ने विषय, बैदेशिक रोजगार बीमालाई कार्याविधि बनाउने र थप व्यवस्थित गर्ने र भ्यालुएयशन चाँडो सम्पन्न गर्ने भन्ने विषयमा छलफल भएको बताए । छलफलमा राजधानी बाहिर भएका केही बीमा कम्पनीका सिईओ भने उपस्थित थिएनन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS