IME Life

बीमा समितिले सफ्टवेयर खरिद गर्न आह्वान गरेको टेण्डर रद्द

SPIL
NIC ASIA

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले एकीकृत सफ्टवेयर तथा सर्भर जडान गर्ने प्रयोजनको लागि आह्वान गरेको टेण्डर आइतबार रद्ध भएको छ ।बीमा समितिले आह्वान गरेको टेण्डर सार्वजनिक खरिद ऐन २०६४ अनुसार नभएपछि सो टेण्डर रद्ध भएको हो ।

बीमा समितिका सूचना अधिकारी निर्मल अधिकारीले टेण्डर रद्द भएको पुष्टी गर्दै प्रक्रिया पूरा गरेर पु्नः आह्वान गरिने जनाएको छ । समितिले सोमबार एक सूचना प्रकाशन गर्दै टेण्डर रद्द गरिएको जनाएको हो । समितिले आइतबार अर्थात साउन १२ गतेको मितिमा गरिएको निर्णय अनुसार टेण्डर रद्द गरिएको समितिले जनाएको छ ।

Prabhu
Crest

बीमा समितिका अनुसार सार्वजनिक खरिद अनुगमन कार्यालयले ईओआईको प्रक्रिया पूरा गरेर मात्रै आरएमसी प्रक्रिया अनुसार टेण्डर आह्वान गर्नु पर्नेमा सिधैं टेण्डर आह्वान गरिएको कारण रद्द गरिएको हो ।

समितिले गत असार १६ र १८ गते सूचना प्रकाशित गरी आईआरएमआईएस सफ्टवेयर तथा सो को सर्भर जडानको लागि टेण्डर आह्वान गरेको थियो । सो टेण्डर रद्द गरिएपछि टेण्डर भरेकाहरुलाई समितिमा सम्पर्क गरी धरौटी रकम फिर्ता लिन भनेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS