Prabhu Life Ad Final

अर्को निर्जीवन बीमा कम्पनी प्रुडेन्सियलले नदिने भयो लाभांश, साधारण सभा भदौ १ गते

IME PAY
IME Life

प्रुडेन्सियल इन्स्योरेन्सले साधारणसभा बोलाएको छ । इन्स्योरेन्स कम्पनीले भदौ १ गते आइतबार बिरगंजको दियालो लर्ड्स प्लाजामा साधारणसभा बोलाएको हो ।

इन्स्योरेन्स कम्पनीले साधारणसभा प्रयोजनको लागि साउन २० गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । साउन १९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।

एनएफआरएसको कारण जगेडा कोष तथा अन्य ब्यबस्था कायम गर्नु पर्ने भन्दै कम्पनीले लाभांश प्रस्ताव नगर्ने निर्णय गरेको छ ।

सभामा वित्तीय विवरण पारित गर्ने, लेखा परिक्षक नियुक्त गर्ने, निजको पारिश्रमिक तोक्ने, र संचालकको निर्वाचन गर्ने लगायतका एजेण्डा छन् ।

हाल इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी ६४ करोड १५ लाख २० हजार रहेको छ । कम्पनीले विशेष साधारणसभा बाट ६० प्रतिशत हकप्रद प्रस्ताव पारित गरेको छ । हकप्रद पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब २ करोड ६४ लाख ३२ हजार हुनेछ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS