IME Life

माछापुच्छ्रे, सानिमा, प्रभु र सिटिजन्स बैंकलाई दाँजेर हेर्दा

SPIL
NIC ASIA

बैंक तथा वित्तीय संस्थाहरुले धमाधम चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गर्ने क्रममा छन् । हालसम्म ४ वटा वाणिज्य बैंकहरुले मात्रै चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेका छन् ।

अहिलेसम्म वित्तीय विवरण प्रकाशित गर्ने वाणिज्य बैंकहरुको वित्तीय विवरण हेर्दा ४ वटै बैंकहरुको प्रमुख सूचकहरुमा राम्रो “ग्रोथ” देखिएको छ ।

Prabhu
Crest

अहिलेसम्म वित्तीय विवरण प्रकाशित गर्ने वाणिज्य बैंकहरुमा माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, प्रभु बैंक र सानिमा बैंक हुन् । जसमध्ये सबैभन्दा धेरै खुद नाफा गर्नेमा सानिमा बैंक रहेको छ । जसले चौथो त्रैमाससम्ममा २ अर्ब २४ करोड रुपैयाँ नाफा कमाएका छ ।

चोथो त्रैमासको वित्तीय विवरणलाई महत्वपुर्ण विवरणको रुपमा लिने गरिन्छ । किनकी चौथो त्रैमासको वित्तीय विवरणले लाभांश निर्धारण गर्ने गर्दछ । कम्पनीहरुको राम्रो वित्तीय विवरण प्रकाशित हुनु भनेको यसले दोश्रो बजारलाई बलियो टेवा दिने गर्दछ। परिपक्क दोश्रो बजारमा कम्पनीहरु आधारभूत रुपमा बलिया हुन्छन ।

         आर्थिक वर्ष २०७५/ ७६ को चौथो त्रैमासको वित्तीय विवरण अनुसार तयार पारिएको

नोट : साउन ११ गते को बजार मूल्यको आधारमा मूल्य आम्दानी अनुपात र “पीबी” अनुपात गणना गरिएको हो। 

नोट : लाभांस दिने क्षमता गणना गर्दा माछापुच्छ्रे बैंक र सिटिजन्स बैंकको शेयर “प्रिमियमलाई” लागिएको छैन। 

खुद नाफा
आर्थिक वर्ष २०७५/ ७६ को अहिलेसम्म वित्तीय विवरण प्रकाशित गरेका ४ वटै वाणिज्य बैंकहरुको नाफामा राम्रो सुधार भएको देखिन्छ । आर्थिक वर्ष २०७५/ ७६ को चौथो त्रैमाससम्ममा सानिमा बैंकले २ अर्ब २४ करोड रुपैयाँ नाफा कमाएको छ । प्रभु बैंकले २ अर्ब ५ करोड रुपैयाँ, माछापुच्छ्रे बैंकले १ अर्ब ७० करोड रुपैयाँ र सिटिजन्स बैंकले १ अर्ब ४८ करोड रुपैयाँ नाफा कमाएको छ ।

जगेडा कोष
आर्थिक वर्ष २०७५ /७६ को वित्तीय विवरण प्रकाशित गरेका ४ वटै वाणिज्य बैंकहरुको जगेडा कोषमा पनि राम्रौ सञ्चिती देखिएको छ । आर्थिक वर्ष २०७५ /७६ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेका ४ वटा बैंकमध्ये प्रभु बैंकको सबैभन्दा राम्रो ३ अर्ब ८७ करोड रुपैयाँ सञ्चिती रहेको छ । त्यस्तै, सिटिजन्स बैंकको २ अर्ब ७७ करोड रुपैयाँ, सानिमा बैंकको २ अर्ब २५ करोड रुपैयाँ र माछापुच्छ्रे बैंकको १ अर्ब ४५ करोड रुपैयाँ सञ्चिती रहेको वित्तीय विवरण प्रकाशित गरेका छन् ।

संचित मुनाफा सिर्षकमा सिटिजन्स बैंकको १ अर्ब २६ करोड रुपैयाँ, सानिमा बैंकको १ अर्ब ६४ करोड रुपैयाँ, प्रभु बैंकको १ अर्ब ७९ करोड र माछापुच्छ्रे बैंकको १ अर्ब ७० करोड रुपैयाँ रहेको छ।

शेयर प्रिमियम सिर्षकमा सिटिजन्स बैंकको ४  करोड ६८ लाख रुपैयाँ र माछापुच्छ्रे बैंकको ३ करोड ०८ लाख रुपैयाँ रहेको छ। प्रभु अबंक र सानिमा बैंकको शेयर प्रिमियम बराबरको रकम छैन।

खुद व्याज आम्दानी
आर्थिक वर्ष २०७५ /७६ को १२ महिनाको वित्तीय विवरण प्रकाशित गरेका ४ वटा वाणिज्य बैंकहरुले खुद व्याज आम्दानी राम्रो ग्रोथ गरेका छन् । यी ४ वटामध्ये सबैभन्दा धेरै प्रभु बैंकले ४ अर्ब ५६ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । सानिमा बैंकले ४ अर्ब १० करोड रुपैयाँ, माछापुच्छ्रे बैंकले ३ अर्ब ५३ करोड रुपैयाँ  खुद व्याज आम्दानी गरेको छ । त्यस्तै, र सिटिजन्स बैंकले २ अर्ब ८१ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।

निक्षेप
आर्थिक वर्ष २०७५ /७६ को हालसम्म वित्तीय विवरण प्रकाशित गरेका ४ वटा बैंकमध्ये सबैभन्दा धेरै १ खर्ब १२ अर्ब  रुपैयाँ निक्षेप संकलन गरेको छ । सानिमा बैंकले ८९ अर्ब ३७ करोड रुपैयाँ, माछापुच्छ्रे बैंकले ८५ अर्ब १९ करोड र सिटिजन्स बैंकले ७० अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।

कर्जा प्रवाह
आर्थिक वर्ष २०७५ /७६ को वित्तीय विवरण प्रकाशित गरेका ४ वटा बैंकमध्ये सबैभन्दा धेरै प्रभु बैंकले ८६ अर्ब ४१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । त्यस्तै, सानिमा बैंकले ८१ अर्ब २४ करोड रुपैयाँ, माछापुच्छ्रे बैंकले ७५ अर्ब २९ करोड रुपैयाँ र सिटिजन्स बैंकले ६२ अर्ब ९० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

प्रति शेयर आम्दानी
आर्थिक वर्ष २०७५ /७६ को चौथो त्रैमाससम्ममा सबैभन्दा धेरै प्रति शेयर आम्दानी सानिमा बैंकले रहेको  छ । सानिमाको प्रति शेयर आम्दानी २८ रुपैयाँ ०४ पैसा रहेको छ । त्यसैगरी प्रभु बैंकको २३ रुपैयाँ ०६ पैसा, माछापुच्छ्रे बैंकको २१ रुपैयाँ १५ पैसा र सिटिजन्स बैंकको १७ रुपैयाँ ७८ पैसा रहेको छ ।

लाभांश दिने क्षमता
आर्थिक वर्ष २०७५ /७६ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेका ४ वटा वाणिज्य बैंकहरु सबैको लाभांश दिने क्षमता राम्रो देखिन्छ । किनभने यी चार वटै बैंकहरुको राम्रो नाफा देखिएको छ । यी ४ वटा बैंकहरुमध्ये लाभांश दिने क्षमता अब्बल रहेको बैंक सानिमा बैंक रहेको छ । जसको चुक्ता पुँजी ८ अर्ब १२ लाखको आधारमा कम्पनीले २० दशमलव ३२ प्रतिशत लाभांस दिने सक्ने क्षमता बनाएको छ ।

त्यस्तै, ८ अर्ब ८९ करोड रुपैयाँ चुक्ता पूँजीको आधारमा प्रभु बैंकले १९ दशमलव ५० प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएको छ । ८ अर्ब ५ करोड रुपैयाँ चुक्ता पूँजीको आधारमा माछापुच्छ्रे बैंकले १६ दशमलव ३५ प्रतिशत लाभांश दिने क्षमता बनाएको छ भने ८ अर्ब ३७ करोड रुपैयाँ चुक्ता पूूँजीको आधारमा सिटिजन्स बैंकको लाभांश दिने क्षमता १३ दशमलव ३७ प्रतिशत रहेको छ ।

मुल्य आम्दानी अनुपात
आर्थिक वर्ष २०७५ /७६ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेका ४ वटा वाणिज्य बैंकहरु सबैको मुल्य आम्दानी अनुपात १३ गुणाभन्दा मुनीको वरीपरी रहेको छ । यो मूल्य आम्दानी अनुपातलाई राम्रो मानिन्छ।

उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण बाट तयार गरिएको हो , यो विस्लेषण पूर्ण होइन लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नु पर्ने छ 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS