Prabhu Life Ad Final

नेको इन्स्योरेन्सले बोलायो एजिएम, १२% बोनश पाउन कहिलेसम्म बन्ने शेयरधनी ?

IME PAY
IME Life

नेको इन्स्योरेन्सले भदौ १४ गते २३ औं वार्षिक साधारण सभा गर्ने भएकोे छ । कम्पनीको शुक्रबार (साउन १० गते) बसेको सञ्चालक समितिको बैठकले गरेको े निर्णय अनुसार सभा गर्ने निर्णय गरेको हो ।

सभा प्रयोजनका लागि कम्पनीले भदौ ३ गतेदेखि भदौ १४ गतेसम्म बुक क्लोज गर्ने भएको छ । भदौ २ गतेसम्म कायम सेयरधनीले बोनस सुरक्षित गर्न सक्नेछन् ।

कम्पनीले गत वर्षको नाफाबाट १२ प्रतिशत बोनस र ०.६३ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरण गर्न लागेको हो । १४ करोड ११ लाख ५३ हजार ४ सय ८ रुपैयाँ बराबरको बोनस वितरण हुनेछ ।

कर तिर्न ७४ लाख २९ हजार १२७ रुपैयाँ नगद छुट्याइएको छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १७ करोड ६२ लाख ७८ हजार ४ सय रुपैयाँ छ । बोनस वितरणपछि चुक्ता पुँजी १ अर्ब ३१ करोड ७४ लाख ३१ हजार रुपैयाँ पुग्नेछ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS