Prabhu Life Ad Final

नेपालका ५ बैंक ‘एशिया मनि अवार्ड’ बाट पुरस्कृत

IME PAY
IME Life

नेपालका पाँच वाणिज्य बैंकहरु पुरस्कृत भएका छन् । युरोपबाट निस्कने पत्रिका ‘युरो मनि’ ले हरेक वर्ष प्रदान गर्ने ‘एशिया मनि अवार्ड’ मा यसपाली नेपालका ५ वाणिज्य बैंकहरु पुरस्कृत भएका हुन् । १२ जुलाईमा हङकङमा आयोजित कार्यक्रममा विभिन्न सात विधामा नेपालका ५ वटा वाणिज्य बैंकहरुले अवार्ड जिते ।

विश्वभरका करिब २ हजार बैंकहरु यो अवार्डका लागि नोमिनेसनमा परेका थिए । हरेक देशलाई छुट्टाछुट्टै यो अवार्ड प्रदान गरिन्छ । यसमा नेपाली बैंकहरुलाई पहिलो चोटी समेटिएको हो ।

अवार्ड जित्ने बैंकहरुमा नविल बैंक, मेगा बैंक, स्टाण्डर्ड चार्टड बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक रहेका छन् ।

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले बेस्ट सीएसआर बैंक अवार्ड’ जित्न सफल भएको छ । यो बैंकलाई सामाजिक उत्तरदायित्व राम्रोसँग निभाएको भन्दै उक्त अवार्ड प्रदान गरिएको जनाएको छ ।

त्यस्तै, यूरो मनिले ‘बेष्ट डोमेस्टिक बैंक’सहित दुई अवार्ड नविल बैंकलाई प्रदान गरेको छ । नेपालको पहिलो ज्वाइन्ट भेञ्चर बैंकको रुपमा रहेको नविलले बेस्ट डिजिटल बैंक अवार्डसमेत प्राप्त गरेको बैंकले जनाइएको छ ।

मेगा बैंकले पनि दुई विधामा अवार्ड जितेको छ । मेगाले ‘बेस्ट बैंक अफ माइक्रोफाइनान्स’ र ‘बेस्ट बैंक फर स्मल टू मिडियम इन्टरप्राइजेज’ अवार्ड जित्न सफल भएको हो ।

यसैगरी स्टाण्डर्ड चार्टड बैंकले ‘बेस्ट इन्टरनेसनल बैंक’ अवार्ड जित्न सफल भएको छ । ‘बेस्ट कर्पोरेट एण्ड इन्भेस्टमेन्ट बैंक अवार्ड’ नेपाल इन्भेस्टमेन्ट बैंकले जितेको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS