Prabhu Life Ad Final

नेपाल राष्ट्र बैंकका ८ कार्यकारी निर्देशकको जिम्मेवारीमा हेरफेर

IME PAY
IME Life

नेपाल राष्ट्र बैंकका ८ कार्यकारी निर्देशकहरुको जिम्मेवारी हेरफेर भएको छ । राष्ट्र बैंकले आइतबारदेखि लागु हुने गरी कार्यकारी निर्देशकको जिम्मेवारीमा हेरफेर गरेको होे । राष्ट्र बैैंकको अनुसार सुपरिवेक्षणको जिम्मेवारी मुकुुन्द क्षेत्रीले पाएका छन् ।

यस अघि सुपरिवेक्षण विभागमा रहेका महेश्वरलाल श्रेष्ठ संस्थागत सेवा विभागमा सरुवा भएका छन् । बैंक तथा वित्तीय संस्था नियमन विभागको जिम्मेवारी देवकुमार ढकालले पाएका छन् । यस अघि ढकाल भुक्तानी विभागमा कार्यकारी निर्देशक थिए ।

बैंक तथा वित्तीय संस्था नियमन विभागमा प्रमुख रहेका बमबहादुर मिश्र भुक्तानी विभागमा पुगेका छन् । आन्तरिक लेखा परिक्षण विभागमा रहेकी निलम तिमल्सिनालाई राष्ट्र ऋण व्यवस्थापनमा खटाईएको छ ।

राष्ट्र ऋण व्यवस्थापन विभागमा रहेका सुमन अधिकारीलाई सामान्य सेवा विभागमा लगिएको छ । संस्थागत विभागमा रहेका प्रदिपराज पाण्डे वित्त कम्पनी व्यवस्थापन विभागमा पुगेका छन् । विकास बैंक सुपरिवेक्षण विभागको नेतृत्वमा ऋषिकेश भट्ट आईपुगेका छन भने भुवन कँडेललाई आन्तरिक लेखा परिक्षण विभागमा सरुवा गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS