IME Life

सिबिआईएल क्यापिटलको अध्यक्षमा दाहाल, सिईओमा नवराज गिरी नियुक्त

SPIL
NIC ASIA

सिबिआईएल क्यापिटल लिमिटेडको अध्यक्षमा समिरप्रसाद दाहाल नियुक्त भएका छन् । साउन ४ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक समिरप्रसाद दाहाललाई अध्यक्षमा नियुक्त गरेको हो ।

यसअघि सिटिजन्स बैंकको तर्फबाट मनोनित भई अध्यक्ष रहेका बोधराज देवकोटाले राजीनामा दिएपछि अध्यक्ष पद खाली रहेको थियो । रिक्त अध्यक्ष पदमा दाहाललाई बाँकी अवधिसम्मको लागि अध्यक्षमा नियुक्त गरेको हो ।

Prabhu
Crest

त्यस्तै, सिबिआईएल क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सिईओ)मा नवराज गिरी नियुक्त भएका छन् । बैशाख १ गतेदेखि कामु सिइओका रुपमा कार्यरत गिरीलाई साउन ४ गते बसेको सञ्चालक समितिको बैठकले साउन १ गतेदेखि नै लागू हुने गरी सिईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

दुई दशक भन्दा बढी हिमालयन बैंक लिमिटेडमा विभिन्न शाखा प्रमुखका रुपमा र विभिन्न विभागमा विभागीय प्रमुखका रुपमा साथै उच्च व्यवस्थापनमा रही लामो अनुभव बटुलेका गिरी मार्के्टिङ, जनसम्पर्क, बैंकिङ अपरेशन, जोखिम व्यवस्थापन तथा कर्जा व्यवस्थापनमा विशेष दख्खल राख्छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS