IME Life

वर्षायाममा १११ जनाको मृत्यु, अर्बौ सम्पत्ति क्षति, बीमा दावी ह्वात्तै बढ्ने संकेत

SPIL
NIC ASIA

काठमाडौं । बीमा क्षेत्रका लागि श्रावण महिना बीमा दावी निकै बढि हुने समय हो । यस वर्षको वर्षायाममा गएको बाढी, पहिरो, डुबानमा परी १११ जनाको मृत्यु भएको र अर्बौको सम्पत्तिमा क्षति पुगेको सरकारी तथ्याङ्क छ । यद्यपि जीवन बीमा दावी भने हालसम्म परेको समाचार बाहिर आएको छैन ।

गृहमन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले सार्वजनिक गरेको विवरणअनुसार विपद्मा परेर ४० जना बेपत्ता भएका छन् भने ६७ घाइते भएको जनायो । बाढी, पहिरो तथा डुबानबाट गुल्मी जिल्ला सबैभन्दा धेरै प्रभावित भएको छ । सो जिल्लामा १३ जनाले मृत्युवरण गरेका छन् ।

Prabhu
Crest

यस्तै, बाढीबाट रौतहटमा १० जनाले ज्यान गुमाएको केन्द्रले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । केन्द्रका प्रमुख वेदनिधि खनालका अनुसार बाढीबाट ५८ जनाले ज्यान गुमाएका छन् । त्यस्तै, पहिरोबाट ४५ र भारी वर्षाका कारण आठ जनाले ज्यान गुमाएका हुन् । बाढीबाट ३१ जना तथा पहिरोमा परेर नौ जना बेपत्ता भएका छन् ।

बाढी, पहिरो तथा डुबानमा परेर शुक्रबारसम्म बाढीबाट एक अर्बभन्दा बढीको क्षति भएको केन्द्रले जनाएको छ । यस्तै पहिरोबाट दुई करोडभन्दा बढीको क्षति भएको छ । बाढी, पहिरो र डुवानबाट ६४ जिल्ला प्रभावित भएको छ । ति जिल्लाहरुमा व्यक्तिगत सम्पत्ति, मोटर गाडीहरु, विकास पूर्वाधारमा क्षति पुगेको छ । त्यस्तै स्टकको मालबस्तु, भण्डारण गरिएका सामग्रीहरु समेतमा क्षति पुगेको छ ।

बाढीका कारण बीमा कम्पनीहरुमा दावी समेत ह्वात्तै बढेको छ । विशेषगरी पशुबीमा, बालीबीमा, सम्पत्ति बीमा, मोटर गाडी बीमा पूर्वाधार बीमा लगायतका क्षेत्रबाट बीमा दावी बढि आएको बाढीग्रस्त क्षेत्रमा रहेका बीमा कम्पनीका शाखा कार्यालयहरुले जनाएका छन् । बाढी तथा डुबान अझै जारी रहेकोले बीमा दावी आउने क्रम जारी रहेका कारण यकिन तथ्याङ्क आइसकेको छैन । यद्यपि यस वर्ष तराईका क्षेत्रहरुबाट नसोचेको पशु बीमा दावी आउन सक्ने बीमा कम्पनीका शाखाहरुले जानकारी दिएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS