सिटिजन्स बैंकमा ४ जना सहायक प्रमुख कार्यकारी अधिकृतमा नियुक्त

सिटिजन्स बैंक इन्टरनेशनलले चार विभागीय प्रमुख अधिकृतहरुलाई सहायक प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।

हालका प्रमुख कर्जा अधिकृत सुमितबाबु खत्री, प्रमुख संचालन अधिकृत पारसकुमार काफ्ले, प्रमुख जोखिम अधिकृत राजेन्द्रलाल श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत उमंग शर्मालाई २०७६ कार्तिक १ गतेबाट लागु हुने गरी सहायक प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो ।

बैंकको स्थापनाकाल देखि नै आबद्ध चारै जनाले विभिन्न ओहदामा रही नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार