SKIP THIS

National Insurance
IME Life

सिर्जना फाइनान्सको नाफा २९ प्रतिशतले बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

सिर्जना फाइनान्सले आर्थिक वर्ष २०७५ ७६ को चौथो त्रैमासमा १५ करोड ७३ लाख ३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस्तो नाफा २९ दशमलव ८७ प्रतिशतले बढी हो । गत वर्षको यसै अवधिमा कम्पनीले १२ करोड ११ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद व्याज आम्दानी
कम्पनीको खुद ब्याज आम्दानी गत आर्थिक वर्षको तुलनामा घटेको छ । आर्थिक वर्ष २०७५ ७६ को चौथो त्रैमासमा कम्पनीले १५ करोड ६३ लाख २९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस्तो आम्दनी ३८ दशमलव ९७ प्रतिशतले घटेको छ । अघिल्लो वषको यसै अवधिमा कम्पनीले २५ करोड ६१ लाख ५३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

Prabhu
Crest

संचालन मुनाफा
आर्थिक वर्ष २०७५ ७६ मा कम्पनीको संचालन मुनाफामा बृद्धि गरेको छ । कम्पनीको सञ्चालन नाफा १९ करोड रुपैयाँबाट बढेर २४ करोड ७१ लाख ९१ हजार रुपैयाँ पुगेको छ । हाल सिर्जनाको चुक्ता पुँजी ४६ करोड ८ लाख १५ हजार रुपैयाँ छ । रिजर्भ कोषमा २५ करोड ९८ लाख ४५ हजार रुपैयाँ छ ।

निक्षेप तथा कर्जा प्रवाह
सिर्जना फाइनान्सले आर्थिक वर्ष २०७५ ७६ को चौथो त्रैमाससम्म ७ अर्ब १५ करोड २६ लाख रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ८२ करोड ६२ लाख ५३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सूचकहरु
कम्पनीले खराब कर्जा पनि सुधार गरेर ०.३४ प्रतिशतमा सीमित गरेकोे छ । अघिल्लो वर्ष खराब कर्जा १ दशमलव ३१ प्रतिशत रहेको थियो । सिर्जनाको कस्ट अफ फन्ड ९ दशमलव ३७ प्रतिशत र बेस रेट १२ दशमलव १२ प्रतिशत रहेको छ ।

त्यस्तै प्रतिसेयर आम्दानी ३४ रुपैयाँ १४ पैसा रहेको सिर्जनाको प्रतिसेयर नेटवर्थ १ सय ५६ रुपैयाँ ३९ पैसा छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS