IME Life

यूनाइटेड इन्स्योरेन्सका प्रमोटरले ४० करोड जम्मा गरे

SPIL
NIC ASIA

काठमाडौं । निर्जिवन बीमा कम्पनी यूनाइटेड इन्स्योरेन्सले जारी गर्न लागेको हकप्रद शेयरको लागि प्रमोटर शेयरधनीहरुले ४० करोड रुपैयाँ जम्मा गरेका छन् । हकप्रद शेयर निष्काशनका लागि तोकिएको बिक्री प्रबन्धक एनएमबी क्यापिटलमा एक प्रतिशतभन्दा माथि शेयर भएका संस्थापक लगानीकर्ताहरुले रकम जम्मा गरेका हुन् ।

यूनाइटेड इन्स्योरेन्सका निमित्त प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले संथापक शेयरधनीहरुले हकप्रद शेयर खरिदका लागि ४० करोड रुपैयाँ जम्मा गरिसकेको जानकारी दिए । सिईओ भट्टराईका अनुसार बिहिवार नै उक्त रकम जम्मा गरेका हुन् ।

Prabhu
Crest

कम्पनीले निष्काशन गर्न लागेको १ः२.४ अनुपातको हकप्रद सेयर लिनको लागि प्रवद्धर्कहरुले विहीबारसम्ममा लगानी गरिसकेको कम्पनीले जनाएको छ । सो कम्पनीले ७२ करोड ५७ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्न अनुमति पाएको छ । सिईओ भट्टराईका अनुसार यही साउन १३ गतेको शेयर लगत किताबमा रेडर्क भएका शेयरधनीहरुले उक्त शेयर खरिद गर्न पाउनेछन् । प्रयोजनको लागि १४ गते बुक क्लोज गरिनेछ ।

प्रमोटर शेयरलगानीकर्ताहरुले शतप्रतिशत रकम जम्मा गरेपछि अब साधारण शेयरधनीहरुका लागि हकप्रद शेयर आह्वान गर्ने बाटो खुलेको छ ।

बिहीबार कम्पनीको सेयर प्रति कित्ता ८५० रूपैयाँमा कारोबार भएको थियो । कूल चुक्ता पुँजी ३० करोड २४ लाख रुपैयाँ रहेको कम्पनीले २४० प्रतिशत हकप्रद शेयर जारी गरे पश्चात ७२ करोड रुपैयाँ थप भई कूल एक अर्ब दुई करोड चुक्ता पुजि पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS