नेप्से दोहोरो अंकले घट्दा ५५ करोडमाथिको कारोबार

विहीबार शेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से १४ अंकले घटेर १,२६९.९२ को बिन्दुमा कायम भएको छ । आज सबै उपसूचकहरु घटेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समुह १४ अंकले घटेको छ ।

दिनभरिमा १ सय ७१ वटा कम्पनीको २१ लाख ९८ हजार १ सय २६ कित्ता शेयर ७ हजार १६ पटक खरिदविक्री हुँदा ५५ करोड ५ लाख ३२ हजार १ सय ४६ रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै ६ करोड १७ लाख रुपैयाँको कारोबार भएको छ ।

त्यसैगरी कृषि विकास बैंकको ४ करोड १८ लाख रुपैयाँको कारोबार भएको छ । नेपाल बैंकको ३ करोड ९९ लाख ७ हजार रुपैयाँको कारोबार भएको छ । अपर तामाकोशी र मेगा बैंकको २ करोडमाथिको कारोबार भएको छ

त्यस्तै, एनआइसी एशिया बैंकको १ करोड ५६ लाख रुपैयाँको, लुम्बिनी विकास बैंकको १ करोड ४७ लाख, सिभिल बैंक, एनसीसी बैंक र एनसीसी बैंक प्रोमोटर शेयरको १ करोडमाथिको कारोबार भएको छ ।

नेपाल लुबी ओएल लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै ८ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै यूनियन हाइड्रोका लगानीकर्ताले ९ प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार