IME Life

ग्लोबल आइएमई लघुवित्तको नाफामा आकर्षक बृद्धि , प्रतिशेयर आम्दानी ६१ रुपैयाँ

SPIL
NIC ASIA

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५ /७६ को वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले चौथो त्रैमासम्मा ६ करोड ८० लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको सोहाी अवधिको तुलनामा ३ सय ३३ दशमलव २१ प्रतिशतले बढी हो । गत वर्षको यही त्रैमासमा १ करोड ५७ लाख १२ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो ।

यस्तै, कम्पनीले रिजर्भ कोष पनि ४ सय ३६ दशमलव ५० प्रतिशतले बढाएर ८ करोड २८ लाख ४१ हजार रुपैयाँ पुर्याउन सफल भएको छ । ग्लोबलको चुक्ता पुँजी पनि ७० प्रतिशतले बढेको छ । प्रतिसेयर आम्दानी ६१ रुपैयाँ ६२ पैसा रहेको ग्लोबलको प्रतिसेयर नेटवर्थ भने १ सय ७५ रुपैयाँ रहेको छ ।

Prabhu
Crest

लघुवित्तले साउन २१ गतेबाट १००% हकप्रद सेयर बिक्री खुला गर्दैछ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १ः१ अनुपातमा ११ लाख ४ हजार ५ सय ७५ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । यसमा असार ३१ गतेसम्म मात्र कायम सेयरधनीले आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केटले गर्नेछ । हकप्रद बिक्री गरेपछि भने यसको चुक्ता पुँजी २२ करोड ९ लाख १५ हजार रुपैयाँ पुग्नेछ ।

हालसम्म लघुवित्तले ६३ वटा शाखा कार्यलय मार्फत आफ्ना ग्राहकहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । हालसम्म ४५ वटा जिल्लामा ७८ हजार ७ सय ५२ जनालाइई लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS