बैंकका सीइओ र उच्च व्यवस्थापनलाई कुलिङ पिरियड नलाग्ने

नेपाल राष्ट्र बैंकले मर्जरमा जाने वाणिज्य बैंकका सीइओ र उच्च व्यवस्थापनलाई कुलिङ पिरियड नलाग्ने व्यवस्था गरेको छ । २०७६ /७७ को मौद्रिक नीति कार्यक्रममा राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले यस्तो घोषणा गर्ने गरेका हुन् ।

बैंकहरु आपसमा मर्जमा जाँदा सीइओ र उच्च व्यवस्थापनको व्यवस्थापन गर्न सजिलो होस् भनेर राष्ट्र बैंकले कुलिङ पिरियड हटाएको जनाइएको छ ।

यसअघि बैंकका सीइओले एउटा बैंक छाडेपछि ६ महिना अर्को बैंकमा नियुक्ति लिन नपाउने व्यवस्था थियो भने उच्च व्यवस्थापनले ३ महिना अर्को बैंकमा जान नपाउने व्यवस्था थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार