IME Life

ग्रामीण विकासको ५ लाख ८२ हजार कित्ता शेयर लिलामीमा खुला ,बोलपत्र पेश गर्ने अन्तिम दिन कहिले ?

SPIL
NIC ASIA

ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले आज (साउन ८ गते) बाट ५ लाख ८२ हजार ८ सय ४४ कित्ता सेयर लिलामी खुला गरेको छ । कम्पनीले संस्थापक समूहको ३ लाख ९२ हजार ३ सयढ ९३ कित्ता र सर्वसाधारण समूहको १ लाख ९० हजार ४ सय ५१ कित्ता सेयर लिलामीमा ल्याएको हो ।

ग्रामीणले वैशाख २७ गते देखि जेठ ३० गतेसम्म ३२ लाख ७५ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सेयर अहिले लिलामी गर्न लागेको हो । उक्त हकप्रदमा ५० हजार २८७ जनाले २६ लाख ९२ हजार १५६ कित्ता सेयरका लागि आवेदन दिएका थिए ।

Prabhu
Crest

यसमा साउन १५ गतेसम्म बोलपत्र पेश गर्न पाइनेछ लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्न सक्नेछन् । ग्रामीणको मंगलबार दोस्रो बजारमा प्रतिकित्ता ३ सय ५३ रुपैयाँमा अन्तिम कारोबार भएको छ । यसर्थ, लगानीकर्ताले यही भाउलाई ध्यान दिन आवश्यक देखिन्छ ।

लगानीकर्ताहरुले बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट काठमाडौं तथा यसका लगनखेल, पोखरा, बुटवल, वीरजञ्ज र विराटनगर शाखाबाट आवेदन दिन सक्नेछन् । यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकको नारायणगढ, हेटौंडा, बिर्तामोड, जनकपुर, तुल्सीपुर, दाङ, सुर्खेत, नेपालगञ्ज र धनगढी शाखाबाट बोलपत्र पेश गर्न सक्ने जनाएको छ । ग्रीन डेभलपमेन्ट बैंक बागलुङबाट पनि आवेदन दिन पाइनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS