एभरेष्ट इन्स्योरेन्सले आफ्नो स्थापनाको २५ वर्ष पुरा गरी २६औं वर्षमा प्रवेश गरेको छ । इन्स्योरेन्स कम्पनीले सो अवसरमा रक्तदान कार्यक्रम ओयोजना गरेको छ । वार्षिकोत्सवको अवसर पारी कम्पनीले रेडक्रस सोसाइटीसँग सहकार्य गरी रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
कम्पनीले उक्त कार्यक्रम प्रधान कार्यालय स्थीत हात्तिसार, काठमाण्डौमा सम्पन्न गरेको हो । कार्यक्रममा कार्यक्रममा कम्पनीका कर्मचारी एवं अन्य सहभागी समेत गरी जम्मा ३६ जनाले रक्तदान गरेका थिए ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले रक्तदान गर्ने सबै रक्तदाताहरुलाई विषेश धन्यवाद सहित प्रमाण पत्र प्रदान गरे ।