नेपाल इन्स्योरेन्स कम्पनी र हिमालयन बैंक लिमिटेडबीच बीमा सेवा सम्झौता भएको छ ।
सम्झौतापत्रमा इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय बहादुर शाह र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले हस्ताक्षर गरेका छन् ।
सम्झौता पश्चात बैंकका केन्द्रिय कार्यालय तथा देशभर रहेका विभिन्न शाखा कार्यालहरु मार्फत इन्स्योरेन्सले प्रदान गर्ने सेवाहरु लिन सकिने भएको छ ।