IME Life

लुम्बिनी विकास बैंकको एजिएम साउन २८ गते, कहिले गर्दै छ बुक क्लोज ?

SPIL
NIC ASIA

लुम्बिनी विकास बैंकको ११औं वार्षिक साधारण सभा साउन २८ गतेहुने भएको छ । साउन ६ गते बसेको कम्पनी संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभा अमृतभोग कालिका स्थान काठमाडौंमा हुने भएको छ ।

सभामा बैंकले १७ दशमलव ०७ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । लुम्बिनीले ३७ करोड ७१ लाख ९७ हजार २३ सय ६ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्न लागेको हो । बैंकले आर्थिक वर्ष २०७४–७५ को नाफाबाट यो बोनस सेयर दिने घोषणा गरेको हो ।

Prabhu
Crest

सभा प्रयोजनका लागि बैंकले साउन २२ गतेदेखि साउन २८ गतेसम्म बुक क्लोज गर्नेछ । साउन २१ गतेसम्म कायम सेयधनीले मात्र बोनस सुरक्षित गर्नेछन् ।

सभामा बैंकले अन्य कुनै बैंक तथा वित्तीय संस्था गाभ्न वा गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश हुनेछ । यसआधारमा लुम्बिनी पनि मर्ज जान वा एक्वायर गर्न तयार देखिएको छ ।

बैंकले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अर्को प्रस्ताव पनि पेश गर्दैछ । त्यस्तै, आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदन लगायत अन्य प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि पेश हुनेछ । आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि रहेको छ ।

हाल यस बैंकको चुक्ता पुँजी २ अर्ब २० करोड ९७ लाख रुपैयाँ रहेको छ । बोनस वितरणपछि चुक्ता पुँजी २ अर्ब ५८ करोड ६९ लाख रुपैयाँ पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS