यूनाइटेड इन्स्योरेन्सको २४० % हकप्रद पाउन कहिलेसम्म बन्ने शेयरधनी ?

158

यूनाइटेड इन्स्योरेन्सले हकप्रद शेयर निष्काशनको लागि बुक क्लोज गर्ने मिति तोकेकोे छ । कम्पनीले साउन १४ गते एक दिनको लागि बुक क्लोज गर्ने निर्णय गरेको हो । साउन १३ गतेसम्म कायम लगानीकर्ताले मात्र हकप्रद शेयरमा आवेदन दिन सक्ने छन् ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई असार ८ गते हकप्रद शेयर निष्काशनको लागि अनुमति दिएको थियो ।

कम्पनीले १ः२.४ को अनुपातमा २ सय ४० प्रतिशतको दरले ७२ लाख ५७ हजार ६ सय कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी ३० करोड २४ लाख रहेको छ । कम्पनीको २ सय ४० प्रतिशत हकप्रपछि १ अर्ब २ करोड ८१ लाख ६० हजार चुक्ता पूँजी पुग्ने छ ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्