IME Life

नेशनल माइक्रोफाइनान्सको नाफा ५३ प्रतिशतले बढ्दा, प्रति शेयर आम्दानी ८७ रुपैयाँ १२ पैसा

SPIL
NIC ASIA

नेशनल माइक्रोफाइनान्सले आर्थिक वर्ष २०७५ /७६ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले खुद नाफा ५३ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । कम्पनीले चौथो त्रैमाससम्ममा १३ करोड १४ लाख नाफा कमाउन सफल भएको छ ।

कम्पनीको प्रति शेयर आम्दानी ८७ रुपैयाँ १२ पैसा रहेको छ । आर्थिक वर्ष २०७४ /७५ मा कम्पनीको प्रति शेयर आम्दानी ५६ रुपैयाँ ८४ पैसा रहेको थियो ।

Prabhu
Crest

कम्पनीले खुद व्याज आम्दानीमा ५५ प्रतिशतले बृद्धि गरी २६ करोड ६४ लाख रुपैयाँ कमाउन सफल भएको छ ।
कम्पनीले जगेडा कोषमा ९६ प्रतिशतले बृद्धि गरी २४ करोड १२ लाख रुपैयाँ सञ्चिती रहेको छ भने अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले १२ करोड २८ लाख रुपैयाँ मात्र जगेडा कोषमा सञ्चिती गरेको थियो ।

लघुवित्तले आर्थिक वर्ष २०७५ /७६ को चौथो त्रैमासमा १ अर्ब २८ करोडरुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ६६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिसम्म लघुवित्तको निक्षेप ७२ प्रतिशतले बढेको हो भने कर्जा प्रवाह ५४ प्रतिशतले बढेको हो । कम्पनीले चौथो त्रैमासमा २ अर्ब २८ करोड रुपैयाँ सापटी लिएको छ ।

कम्पनीको खराब कर्जा १ दशमलव ४३ प्रतिशत रहेको छ । किताबी मुल्य २ सय ६९ पैसा ८६ रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS