IME Life

प्रभु बैंकले ल्यायो ‘प्रभु इजी फोरेक्स’ एप्लीकेशन, यस्ता छन् सुविधाहरु

SPIL
NIC ASIA

प्रभु बैंकले ‘प्रभु इजी फोरेक्स’ सञ्चालनमा ल्याएको छ । बैंकले बैदेशिक मुद्रा सटही सुबिधालाई मोबाइल मार्फत अनलाइन आवेदन गर्न सकिने गरी उक्त एप्लीकेशन सञ्चालनमा ल्याएको हो ।

व्यस्त दैनिकीका बाबजुद पनि बैंकसम्मै पुगेर सटहीको आवेदन गरी बैदेशिक मुद्रा लिनु पर्ने बाध्यता रहेको अवस्थामा सबैलाई राहत होस भन्ने उद्देश्यले सो एप्लीकेशन भित्राएको जनाएको छ ।

Prabhu
Crest

रोजगारी, व्यवसाय, पर्यटन तथा अन्य प्रयोजनका लागि हाल विदेश भ्रमण गर्नेको संख्या बढ्दै गइरहेको छ । जसका लागि प्रविधिमैत्री एप्लीकेशन ‘प्रभु इजी फोरेक्स’ उपयोगी हुने बैंकले विश्वास लिएको छ ।

‘प्रभु इजी फोरेक्स’ मोबाइल एप हाल प्ले स्टोरबाट सजिलै डाउनलोड गर्न सकिने छ भने एप स्टोरमा समेत चाँडै उपलब्ध हुने बैंकले जनाएको छ । उक्त एप उपयोग गरी अनुकुल समयमा तोकिएका शाखा र काउन्टरबाट बैदेशिक मुद्रा संकलन गर्न सकिने छ । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल स्थित बैंकको काउन्टरबाट समेत यो सुबिधा उपलब्ध हुने प्रभु बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS