प्रभु बैंकको नयाँ शाखा चितवनको खैरहनीमा

75

प्रभु बैंक लिमिटेडले नयाँ शाखा विस्तार गरेको छ । बैंकले चितवन जिल्लाको खैरहनी नगरपालिकावडा नं. ८ पर्सा बजारमा १ सय ८९औं शाखा कार्यालय बिस्तार गरेको हो ।

उक्त नयाँ शाखाको उद्घाटन पर्सा शाखा कार्यालयको खैरहनी नगरपालिकाका प्रमुख लालमणी चौधरीले गरे ।

पर्सा शाखा कार्यालय उद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्