IME Life
Beema Board

चौतारी लघुवित्तको नाफा १७३ प्रतिशतले बढ्यो

SPIL
NIC ASIA
Sanima Reliance

बुटवलमा केन्द्रीय कार्यालय रहेको चौतारी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/०७६ को चौथो त्रैमासिकमा ४ करोड ४३ लाख मुनाफा हासिल गर्न सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा संस्थाले १ करोड ३ लाख रुपैयाँ नाफा कमाएको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा १ सय ७३ दशमलव ५७ प्रतिशतले बढी हो ।

कर्जा तथा लगानी
आर्थिक वर्ष २०७५/०७६ को ११ महिनामा संस्थाले ४७ करोड २७ लाख ७९ हजार रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ५६ करोड ३६ लाख रुपैयाँ कजाृ लगानी गरेको छ । गत आर्थि वर्षको सोही हवधिमा संस्थाले २२ करोड ३४ लाख ६१ हजार रुपैयाँ निक्षेप संकलन गरी ७७ करोड ५५ लाख ३६ हजार रुपैयाँ कर्जा लगनाी गरेको थियो ।

Prabhu
Crest

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा संस्थाले कर्जातर्फ १ सय १ प्रतिशतले वृद्धि गरेको हो भने बचत तर्फ १ सय ११ प्रतिशतले वृद्धि गरेको वित्तीय विवरण प्रकाशित गरेकोे छ ।

व्याज आम्दानी
आर्थिक वर्ष २०७५/०७६ को चौथो त्रैमाससम्ममा लघुवित्तले ९ करोड ५५ लाख ९६ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा संस्थाले ५ करोड १५ लाख ५४ हजार रुपैयाँ मात्र खुद व्याज आम्दानी गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८५ दशमलव ७० प्रतिशतले खुद व्याज आम्दानी बढी हो ।

सूचकहरु
लघुवित्तको खराब कर्जा अनुपात ० दशमलव ५१ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो कर्जा ० दशमलव ४८ प्रतिशत थियो । प्रति शेयर आम्दानी १५ रुपैयाँ १७ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १ सय २३ रुपैयाँ २ पैसा रहेको छ ।

हालसम्म संस्थाले १५ जिल्ला कार्यक्षेत्र भई ५७ शाखा संजाल मार्फत कुल ४१ हजार ७ सय ९९जना विपन्न महिलाहरुलाई समुहमा आवद्ध गरी कर्जा तथा बचत सेवाको माध्यमबाट आर्थिक एवं सामाजिक विकासमा टेवा पु¥याउंदै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS