ज्योति लाइफ इन्स्योरेन्सले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले शाखा तथा उपशाखा प्रमुख, बरिष्ठ सहायक र सहायक तथा कनिष्ठ सहायक पदमा कर्मचारी माग गरेको छ ।
शाखा प्रमुख र उप प्रमुखका लागि व्यवस्थापनमा स्नातक र बरिष्ठ सहायक र सहायकको लागि पनि व्यवस्थापनमा स्नातक उत्तिर्ण हुनुपर्ने छ । यस्तै, कनिष्ठ सहायक पदका लागि भने १२ कक्षा उत्तिर्ण गरेको हुनु पर्नेछ ।
कम्पनीले प्रधान कार्यालय लगायत विभिन्न शाखा तथा उपशाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो ।
इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले श्रावण ४ गतेसम्म आवेदन दिन सक्नेछन् ।