Prabhu Life Ad Final

हिमालयन बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्र आजबाट खुल्यो, कति पाइन्छ व्याज?

IME

हिमालयन बैंकले आजबाट ३० लाख युनिट (इकाई) ऋणपत्र बिक्री खुला गर्दैछ । यसमध्ये १२ लाख युनिट सर्वसाधारणका लागि खुला गरिनेछ । यस्तै, सामूहिक लगानी कोषलाई ५ प्रतिशत छुट्याइएको छ ।

यसआधारमा सामूहिक लगानी कोषहरुले ६० हजार युनिट पाउनेछन् । बाँकी १८ लाख युनिट भने बैंकले आफ्नै पहलमा अन्य संघ संस्थालाई बेच्नेछ । यस ऋणपत्रमा वार्षिक १० प्रतिशत ब्याजदर पाइनेछ ।

NLIC

बैंकले ७ वर्ष अवधिको ‘१० प्रतिशत हिमालयन बैंक डिबेन्चर २०८३’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । रेटिङ एजेन्सी केयर रेटिङले यो ऋणपत्रलाई न्यून कर्जा जोखिम जनाउने ‘ग्रेड ए’ रेटिङ दिएको छ । यसमा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटलले गरेको छ ।

बैंकले प्रतियुनिट १ हजार रुपैयाँ दरमा ऋणपत्र बिक्री गर्न लागेको होे । यो ऋणपत्रमा छिटोमा साउन ६ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा आवश्यक मात्रामा बिक्री नभएमा भने साउन ३१ गतेसम्म भर्न सकिनेछ ।

हिमालयन बैंकको सबै शाखा र सी–आस्वाको माध्यमबाट यसमा आवेदन दिन सकिनेछ । बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x