IME Life
Beema Board

अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रमुखद्वारा राजिनामा

SPIL
NIC ASIA
Sanima Reliance

एजेन्सीहरु । विश्व अर्थतन्त्रबारे सुक्ष्म नियमन गर्ने अन्तर्राष्ट्रिय मुद्रा कोषकी सिईओ क्रिस्टियन लागार्डले पदबाट राजिनामा दिएको घोषणा गरेकी छिन् । बीबीसीका अनुसार आगामी सेप्टेम्वर १२ गतेदेखि लागू हुने गरी लागार्डले पदबाट राजिनामा दिएकी हुन् । युरोपेली केन्द्रीय बैंकले लागार्डलाई अध्यक्षमा मनोनयन गर्ने प्रस्ताव राखे लगत्तै राजिनामाको घोषणा गरेकी छिन् ।

क्रिस्टियन लागार्डले राजिनामा लगत्तै भनेकी छिन, ‘युरोपेली केन्द्रीय बैंकको अध्यक्षको रुपमा मेरो मनोनयनको प्रक्रिया शुरु भएको छ । मैले मुद्रा कोषको सर्वोत्तम हितका आधारमा यो निर्णय लिएकी छु । यसबाट कोषमा नयाँ कार्यकारी प्रमुख छनौट गर्ने बाटो खुला गर्न मद्दत गर्नेछ ।’ युरोपेली केन्द्रीय बैंकको अध्यक्ष पद रिक्त हुँदैछ । सो बैकका अध्यक्ष मारियो ड्रागीको आठ वर्षे कार्यकाल आगामी नोभेम्बरमा समाप्त हुँदैछ ।

Prabhu
Crest

सन् १९५६ मा फ्रान्सको पेरिसमा जन्मेकी लागार्ड सन् २००७ मा फ्रान्सको अर्थमन्त्री, २००५ मा व्यापार मन्त्रीमा नियुक्त भएकी थिईन् । विश्व अर्थतन्त्रमा सटही सन्तुलन मिलाउने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको अन्तर्राष्ट्रिय मुद्रा कोषबाट लागार्डले राजिनामा दिएसँगै नयाँ प्रमुख कार्यकारीको खोजी सुरु भएको छ ।

उनी सन् २०११ मा आईएमएफको प्रमुखमा नियुक्त भएकी थिईन् । उनको आठ वर्षको कार्यकालमा अर्थतन्त्रलाई स्थिर राख्न भूमिका निर्वाह गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

युरोपेली केन्द्रीय बैंकको अध्यक्ष बन्ने निश्चित भएसँगै लागार्डलाई अन्तर्राष्ट्रिय वित्त क्षेत्रकी कडा चट्टानको रुपमा चर्चा गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS