प्रिमियर इन्स्योरेन्स कम्पनीको २५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौंमा आयोजित सो सभाले आकर्षक ८४ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । बोनशमा लाग्ने कर भने शेयरधनी आफैले तिर्नुपर्ने कम्पनीले जनाएको छ ।
हाल कम्पनीको चुक्तापूँजी ५८ करोड ४० लाख छ । बोनस शेयर वितरण पछि कम्पनीको पूँजी रू १ अर्ब ७ करोड ४५ लाख ६० हजार रुपैयाँ पुग्नेछ ।
बीमा समितिले निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी रू १ अर्ब पुर्याउन निर्देशन दिएसँगै कम्पनीले पूँजी वृद्धिका लागि बोनस सेयर वितरण गर्न लागेको हो ।
कम्पनीले २०७४ /७५ मा ९ करोड १३ लाख २ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ भने १ अर्ब ५५ करोड ९ लाख ४१ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।