Connect IPS
IME Life

बीमा कम्पनीहरुमध्ये आ.व २०७४/७५ को एजिएम ७ कम्पनीले गरे, गर्न बाँकी कम्पनी कुन कुन?

SPIL
NIC ASIA new
Sanima Reliance

हाल नेपालमा ४० वटा बीमा कम्पनीहरु संचालनमा रहेका छन् । जसमध्ये १९ वटा लाइफ इन्स्योरेन्स कम्पनी संचालनमा रहेका छन् भने २० वटा निर्जीवन बीमा कम्पनीहरु रहेका छन् र १ वटा पूनर्बीमा कम्पनी रहेको छ । बीमा कम्पनीहरुमध्ये ३ वटा लाइफ इन्स्योरेन्स कम्पनीहरुले २०७४ /७५ को लागि साधारण सभा गरिसकेका छन् त्यस्तै निर्जीवन बीमा कम्पनीहरुमध्ये ४ वटा कम्पनीहरुले साधारण सभा गरिसकेका छन् ।

अजोड इन्स्योरेन्सले भने आजै एजिएम गर्दै छ । त्यस्तै, प्रिमियर इन्स्योरेन्सले पनि असार ३१ गते भोली एजिएम गर्दै छ । बाँकी कम्पनीहरुको के छ अवस्था हेरौ

लाइफ इन्स्योरेन्स कम्पनी :
हाल नेपाल स्टक एक्सेञ्जमा सूचिकृत भएका ७ वटा लाइफ इन्स्योरेन्स कम्पनीहरुमा एशियन लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल, नेशनल लाइफ इन्स्योरेन्स, नेपाल लाइफ, प्राइम लाइफ र सूर्या लाइफ इन्स्योरेन्स रहेका छन् । जसमध्ये २ वटा कम्पनीले एजिएम गरिसकेका छन् भने १ एलआईसी नेपालले साउन २४ गते गर्ने भएको छ । बाँकी ४ वटा कम्पनीले भने एजिएम मात्रै हैन लाभांश समेत घोषणा गरेका छैनन् ।

एजिएम गरेका लाइफ इन्स्योरेन्स कम्पनीहरु (नेप्सेमा सूचिकृत)
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १९औं वार्षिक साधारण सभा जेठ ४ गते सम्पन्न गरेको थियो । कम्पनीले बार्षिक साधारण सभाद्वारा शेयरधनीहरुलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर र २३ दशमलव ५० प्रतिशत (कर सहित) नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको थियो ।

त्यस्तै सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले ११ औं वार्षिक साधारण असार ११ गते बुधबार सम्पन्न भएको थियो । कम्पनीले चुक्ता पूँजी एक अर्ब १३ करोड १९ लाख १२ प्रतिशत बराबरको १३ करोड ५८ लाख २८ हजार रुपैयाँ बोनस र कर प्रयोजनका लागि ७१ लाख ४८ हजार ८ सय ४२ रुपैयाँ नगद लाभांश प्रस्ताव पारित गरेको हो ।

एजिएम गर्न बाँकी लाइफ इन्स्योरेन्स (नेप्सेमा सूचिकृत)
लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले साउन २४ गते १७औं वार्षिक साधारण सभा गर्ने भएको छ । इन्स्योरेन्स कम्पनीले ७० प्रतिशत लाभांश पारित सहित अन्य प्रस्ताव समेत पारित गर्नका लागि साधारण सभा बोलाएको हो ।

निर्जीवन बीमा कम्पनी :
नेपाल स्टक एक्सेञ्जमा सूचिकृत भएका १५ वटा निर्जीवन बीमा कम्पनीहरुमा एभरेष्ट, हिमालयन जनरल, आइएमइ जनरल, लुम्बिनी जनरल, नेको, नेपाल इन्स्योरेन्स, एनएलजी, प्रभु, प्रिमियर, पु्रडेन्सियल, राष्ट्रिय बीमा कम्पनी, सगरमाथा, शिखर, सिद्धार्थ, यूनाइटेट इन्स्योरेन्स कम्पनी रहेका छन् । जसमध्ये २ वटा कम्पनीले एजिएम गरिसकेका छन् ।

प्रभु इन्स्योरेन्सले भने साधारणसभाको मिति तय गरेको छ । प्रभु इन्स्योरेन्स आफ्नो २३औं वार्षिक साधारण सभा साउन १७ गते गर्ने भएको छ । कम्पनीले यस वर्ष लगानीकर्तालाई लाभांश नदिने भएको छ ।

बाँकी १२ वटा कम्पनीले एजिएम गर्ने मिति समेत तय गरेका छैनन् ।

एजिएम गरेका निर्जीवन बीमा कम्पनी (नेप्सेमा सूचिकृत)
सगरमाथा इन्स्योरेन्स कम्पनीले असार १३ गते २२औं साधारण सभा सम्पन्न गरेको थियो । उक्त साभाबाट कम्पनीको हाल कायम ५३ करोड ८२ लाख ९१ हजार ९ सय रुपैयाँ चुक्ता पुँजीको ८६ प्रतिशत बोनस सेयर पारित गरेको हो ।

सिद्धार्थ इन्स्योरेन्स कम्पनीले पनि असार १३ गते १७औं वार्षिक साधारण सभा सम्पन्न गरेको थियो । कम्पनीले चुक्ता पूँजीको १५ दशमलव ४८ प्रतिशतले हुन आउने १३ करोड ४० लाख रुपैयाँ बराबरको बोनश सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

आइएई जनरल इन्स्योरेन्सले असार २९ गते आज २१औं वार्षिक साधारणसभा गरेको थियो । सभामा कम्पनीले चुक्ता पूँजी ९७ करोड २० लाखको ५ प्रतिशत बोनश शेयर पारित गरेको हो ।

असारभित्रै साधारण सभाको मिति तय गरेका कम्पनी 

प्रिमियर इन्स्योरेन्सले पनि असार ३१ गते २५औं वार्षिक साधारणसभा गर्ने भएको छ । कम्पनीले घोषणा गरेभन्दा बढी बोनस दिने प्रस्तावमा लैजाने भएकोे छ । कम्पनीले लगानीकर्तालाई गत आर्थिक बर्षको मुनाफाबाट ७९ दशमलव ६९ प्रतिशत बोनस शेयर र ४.२० प्रतिशत नगद लाभांश दिने घोषणा गरेका थियो ।

तर साधारणसभाको सूचनामा कम्पनीले ८४ प्रतिशत नै बोनस वितरण गर्ने त्यसमा लाग्ने कर लगानीकर्ता स्वयंले बेहोर्नु पर्ने उल्लेख गरेको छ ।

नेप्सेमा सूचिकृत नभएका लाइफ इन्स्योरेन्स कम्पनीहरु
नेप्सेमा सूचिकृत नभएका लाइफ इन्स्योरेन्स कम्पनीहरु १२ वटा रहेका छन् । प्रभु लाइफको साधारण सभा असार २६ गते भएको हो । जसमध्ये मेट लाइफ इन्स्योरेन्स बैदेशिक इन्स्योरेन्स कम्पनीको शाखा हो ।

यी बाहेक बाँकि अरु लाइफ इन्स्योरेन्सले लाभांश प्रस्ताव पनि गरेका छैनन् भने एजिएम गर्ने मिति पनि तय गरेका छैनन् ।

नेप्सेमा सूचिकृत नभएका निर्जीवन बीमा कम्पनीहरु
हाल नेपालमा संचालनमा रहेका २० वटा निर्जीवन बीमा कम्पनीहरुमध्ये नेप्सेमा सूचिकृत नभएका निर्जीवन बीमा कम्पनीहरु ५ वटा मात्रै रहेका छन् । जसमध्ये सानिमा जनरल इन्स्योरेन्सले वार्षिक साधारण सभा गरिसकेको छ भने अजोड इन्स्योरेन्सले साधारण सभा आज गर्दै छ ।

२ वटा इन्स्योरेन्स कम्पनी ओरिएण्टल इन्स्योरेन्स र नेशनल इन्स्योरेन्स कम्पनी बैदेशिक इन्स्योरेन्स कम्पनीको शाखा हो । बाँकी १ वटाले साधारणसभाको मिति तय गरेको छैन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS