सानिमा जनरल इन्स्योरेन्सले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । इन्स्योरेन्सले म्यानेजर लेभल मार्केटिङका लागि केही कर्मचारी माग गरेको छ । काठमाडौं, बनेपा, हेडौडा, भैरवा र पोखराका लागि केही कर्मचारीको माग गरेको हो ।
असिस्टेन्ट म्यानेजर, अफिसर र फाइनान्स लेभलमा कर्पोरेट अफिसका लागि केही कर्मचारीको माग गरेको छ । त्यसैगरी अफिसर लेभल मार्केटिङमा काठमाडौ, दमौली, सुर्खेत, दाङ, तुलसीपुर, एटहरी जनकपुर, पोखरा, कावासोती र बनेपाका लागि केही कर्मचारी मागेको छ ।
त्यस्तै जूनियर अफिसरमा जुनसुकै शाखा कार्यलयका लागि केही कर्मचारीको माग गरेको छ भने सिनियर असिस्टेन्ट र असिस्टेन्ट लेभलमा जुनसुकै शाखा कार्यलयका लागि केही कर्मचारीको माग गरेको छ ।
असिस्टेन्ट लेभल मार्केटिङमा हेटौडा, सुर्खेत, धनगडी र बुटवलका लागि केही कर्मचारीको माग गरेको छ । असिस्टेन्ट फाइनान्समा कर्पोरेट अफिसका लागि केही कर्मचारीको माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेका आवेदकले जुलाई २५ भित्र आवेदन दिइसक्नुपर्ने जनाएको छ ।