७० प्रतिशत लाभांस पारीत गर्न एलआइसी नेपालले बोलायो श्रावण २४ गते सत्रौ साधारण सभा, यस्ता छन् अन्य एजेन्डा

1175


एलआइसी नेपालको सत्रौ वार्षिक साधारण सभा श्रावण २४ गते बस्ने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तोकेको हो । इन्स्योरेन्सले नेपाल पुलिस क्लबको सभाहलमा बिहान ८ बजे साधारण सभा बोलाएको छ ।

इन्स्योरेन्सले ७० प्रतिशत लाभांस पारीत गर्ने सहित अन्य प्रस्ताव राखेर श्रावण २४ गते साधारण सभा बोलाएको हो ।
सभामा आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब, एनएफआरएस प्रतिवेदन, सञ्चालकहरुको बैठक भत्ता वृद्धि तथा आव २०७५/०७६ का लागि लेखापरिक्षक नियुक्ति र पारिश्रमिक निर्धारण लगायतका प्रस्ताव उपर छलफल गरि पारित गर्ने एजेण्डा साधारण सभामा रहेका छन्।

साथै सभामा कम्पनी नियमावलीको नियममा संसोधन गर्ने तथा उक्त संसोधनमा कम्पनी रजिष्ट्रारको कार्यालय, बीमा समिति वा नियामक निकायबाट आएको निर्देशन अनुरुप आवश्यक संसोधन तथा परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका विषयमा छलफल गरि पारित गर्ने एजेण्डा छ ।

बीमा समीतिले जीवन बीमा कम्पनीहरुलाई न्यूनतम २ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउन निर्देशन दिएको थियो। सोही अनुरुप हाल कम्पनीले प्रस्ताव गरेको बोनस पारीत पश्चात बीमा समितिले तोके अनुसारको चुक्ता पूँजी भन्दा १ करोड बढी अर्थात २ अर्ब १करोड पुग्नेछ ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्