IME Life
Beema Board

उत्कृष्ट चार जीवन बीमा कम्पनीहरुको बोनसदर सार्वजनिक, हेरौँ कुन कम्पनीको कति ?

SPIL
NIC ASIA
Sanima Reliance

हाल नेपाली बीमा बजारमा १९ जीवन बीमा कम्पनीहरु सञ्चालनमा रहेका छन् । सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरु मध्ये नेपाल लाईफ इन्स्योरेन्स ,लाईफ इन्स्योरेन्स कर्पोशन नेपाल , नेशनल लाईफ इन्स्योरेन्स र मेट लाईफ इन्स्योरेन्स कम्पनी उत्कृष्ट कम्पनीका रुपमा चिनिन्छन् ।

बीमा बजारमा उत्कृष्ट मानिने यी कम्पनीहरुले बीमा समितिको स्वीकृति प्राप्त गरी बीमितहरुलाई दिने नयाँ बोनसदर सार्वजनिक गरिसेका छन् ।

Prabhu
Crest

सार्वजनिक गरिएका बोनसदरमध्ये सबैभन्दा बढी लाईफ इन्स्योरेन्स कर्पोशन रहेको छ । जसले बीमालेखमा प्रतिहजार वार्षिक न्युनतम ६६ देखि अधिकतम ८५ रुपैयाँसम्म बोनसदर घोषणा गरेको छ । त्यस्तै मेट लाईफ इन्स्योरेन्सले प्रतिहजार वार्षिक न्युनतम ६५ देखि अधिकतम ८५ रुपैयाँसम्म बोनसदर घोषणा गरेको छ ।

२०७३/२०७४ सम्म उच्च बोनसदर कायम गर्न कम्पनी नेपाल लाईफ इन्स्योरेन्स कम्पनी रहेको थियो । त्यस्तै २०७४/७५मा लाईफ इन्स्योरेन्स कर्पोशन नेपाल (एलआईसी) कम्पनी सर्वाधिक बोनसदर घोषणा गर्न कम्पनी हो । नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०७४/७५ को बोनसदर घोषणा गरेको छैन । २०७३/२०७४ मा नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले न्यूनतम ६५ देखि अधिकतम ८२ रुपैयाँसम्म बोनसदर घोषणा गरेको थियो  । त्यस्तै २०७४/७५ मा नेशनल लाईफ इन्स्योरेन्सले प्रतिहजार वार्षिक न्युनतम ६३ रुपैयाँदेखि अधिकतम ८२ रुपैयाँसम्म दिने भएको छ ।

बीमा कम्पनीहरूले आर्जन गरेको मुनाफाको आधारमा प्रत्येक वर्ष बोनस दर निर्धारण गरिन्छ । बीमा योजना, बीमा कम्पनीको पोलीसी, बीमा अवधि र बीमा शुल्कको आधारमा बोनस रकम फरक फरक हुन सक्छ ।

बोनसदर कायम गर्दा बीमितले तिरेको बीमाशुल्कले कुनै प्रभाव पार्दैन । बीमितले कुल बीमाङ्क रकमको आधारमा नै प्रत्येक वर्ष तोकिएको बोनस रकम पाउन सक्छन् । बीमाअवधि सकिएपछि कम्पनीले बीमाङ्कसहित प्रत्येक वर्षको बोनस रकमलाई जोडेर बीमितलाई एकमुष्ट दिने गर्छ ।

लाइफ इन्स्योरेन्स कर्पोशन नेपाल
लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी)ले आर्थिक बर्ष २०७४÷७५ को नयाँ बोनसदर सार्वजनिक भईसकेको छ । कम्पनीले बीमा लेखमा प्रतिहजार वार्षिक न्युनतम ६६ देखि अधिकतम ८५ रुपैयाँसम्म बोनसदर घोषणा गरेको छ ।

कम्पनीले ३ र ५वर्ष अवधिको जीवन आस्था योजनामा क्रमशः प्रतिहजार ८० र ८५ रुपैयाँ बोनस सुनिश्चित भएको जनाएको छ । कम्पनीले ५ देखि १९ वर्षसम्मको सावधिक जीवन बीमालेखमा प्रतिहजार ६६ रुपैयाँ, २० देखि २४ वर्षसम्म ७०, २५ वा सोभन्दा माथि प्रतिहजार ८० रुपैयाँ बोनस दर तोकेको छ ।

मेट लाईफ इन्योरेन्स
मेट लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक भईसकेको छ । कम्पनीले बीमा अवधि अनुसार प्रतिहजार न्यूनतम ६५ रुपैयाँ देखि अधिकत्तम ८५ रुपैयाँ बोनसदर घोषणा गरेको हो ।

बीमा अवधि २१ बर्ष भन्दा माथि भएका बीमा योजनाका लागि कम्पनीले ८५ रुपैयाँ बोनस कायम गरेको छ । कम्पनीले ५ देखि १५ वर्षसम्मको सावधिक जीवन बीमालेखमा प्रतिहजार ६५ रुपैयाँ, १६ देखि २० वर्षसम्म ७०, २५ वा सोभन्दा माथि प्रतिहजार ८० रुपैयाँ बोनस दर तोकेको छ ।

नेपाल लाईफ इन्स्योरेन्स
हालसम्मकै उच्च बोनसदर कायम गर्दै आएको नेपाल लाईफ इन्स्योरेन्स कम्पनीकोे नयाँ बोनसदर सार्वजनिक भईसकेको छ । कम्पनीले बीमालेखमा न्यूनतक ६५ देखि अधिकतम ८२ रुपैयाँसम्म बोनसदर घोषणा गरेको छ ।

कम्पनीले सावधिक जीवन बीमा योजना अन्तर्गत २५ बर्ष वा सो भन्दा माथिको अवधिका लागि प्रति हजार बोनसदर ८२ रुपैयाँ कायम गरेको छ । २१ देखि २५ बर्षसम्मका लागि ७२ रुपैयाँ, १६ देखि २० बर्षसम्मका लागि ६५ र ५ देखि १५ बर्षसम्मका लागि ६५ रुपैयाँ बोनसदर कायम गरेको छ ।

अग्रिम भुक्तानी बीमा योजना अन्तर्गत १० देखि २० बर्षे बीमा अवधिका लागि प्रतिहजार ६५ रुपैयाँ कायम गरेको छ । १५ बर्षे जीवन समृद्धि बीमा योजनाका लागि प्रतिहजार ६२ रुपैयाँ र २० बर्षे अविधका लागि ६४ रुपैयाँ बोनसदर तोकेको छ ।

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी
नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको नयाँ बोनसदर सावजनिक भईसकेको छ । कम्पनीले बीमालेखमा प्रतिहजार वार्षिक न्युनतम ६३ रुपैयाँदेखि अधिकतम ८२ रुपैयाँसम्म दिने भएको छ ।

कम्पनीले ५ देखि १४, १५ देखि १९ वर्ष अवधिको सावाधिक तथा सामुहि जीवन बीमालेखका लागि ६३ रुपैयाँ, २० देखि २५ वर्षको सावाधिक तथा सामुहि जीवन बीमालेखका लागि ६४ रुपैयाँ र २६ वा सोभन्दा माथि वर्षको सावाधिक तथा सामुहि जीवन बीमालेखका लागि ८२ रुपैयाँ बोनश दर तोकेको छ ।

५ बर्ष देखि १४, १५ देखि १९ वर्ष अवधिको सावाधिक तथा आजीवन जीवन बीमालेखमा ६३ रुपैयाँ, २० देखि २५ वर्ष अवधिको सावाधिक तथा आजीवन जीवन बीमालेखमा ६४ रुपैयाँ र २६ वा सो भन्दा माथि अवधिको सावाधिक तथा आजीवन जीवन बीमालेखमा ८२ रुपैयाँ बोनस दर तोकेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS