IME Life

निर्धन उत्थान लघुवित्तमा किन भयो आन्दोलन? यस्तो छ कारण

SPIL
NIC ASIA

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थामा आबद्ध रहेका कर्मचारी संगठनले आन्दोलन गर्ने भएको छ । कर्मचारी हकहित र बिगतका बर्षमा कर्मचारी युनियनसँग गरेको सम्झौता कार्यान्वयनका लागि निर्धन उत्थान लघुवित्त वित्तीय संस्थामा आबद्ध रहेको कर्मचारी संगठनले पेश गरेको माग पत्रप्रति ब्यबस्थापन पक्ष उदासिन देखिएपछि संबद्व कर्मचारीहरु आन्दोलित भएका हुन् ।

जेष्ठ २७ गते ७ बुंदे माग पत्र पेश गर्दै निकास खोजेको कर्मचारी युनियनले आफनो तर्फबाट बार्ता, संवाद र निकासको लागि युनियनका बरिष्ठ उपाध्यक्ष महेन्द्र प्रसाद चौधरीको नेतृत्वमा बार्ता समिति गठन गरेको थियो । सो समिति गठन भएता पनि ब्यबस्थापनले २१ गतेलाई बार्ताका लागि आब्हान गरेको थियो । तर पनि थप २ दिन बिति सक्दा पनि कुनै निष्कर्ष दिन नसकेको भन्दै कर्मचारीहरु आक्रोशित भई आन्दोलित भएका हुन ।

Prabhu
Crest

असार २१ देखि २३ गते सम्म छलफल गर्दा पनि कर्माचारीको संयम्ता र लचकतालाई कमजोरी ठानि कर्माचारीहरुलाई चुनौती दिदै कर्माचारीका सम्बोधन हुनुपर्ने जायज माग लाई पनि व्यवास्ता गरि बार्ता निष्कर्ष विहिन बनाइएको भन्दै कर्मचारीहरु आक्रोसित भएको कर्मचारी बार्ता समितिले जनाएको छ ।

कर्मचारीहरुले यस्ता लिखित तथा मौखिक माग पटक पटक पेश गरेको र केहि कुरामा लिखित सम्झौता भयपनी त्यस्ता कर्मचारीको मागलाई ब्यवास्ता गर्दै आएको कर्मचारी बार्ता समितिको भनाई छ ।

पटक पटक पेश भएका कर्मचारीका यी मागहरुलाई ब्यवास्ता गरेकाले अब आफ्नो तरिकाले कर्माचारिको हक र अधिकारको विरुद्धमा ब्यबस्थापनको लागी आन्दोलनको विकल्प रोज्नु परेको कारण अब ब्यबस्थापन लाइ राम्रो पाठ सिकाउन आन्दोलनमा जानुपरेको कर्माचारी संगठनले जानकारी दिएको छ ।

ब्यबस्थापनको चुनौतिलाई काउन्टर दिंदै ब्यबस्थापनको हठिका बिरुद्व असार २७ गते देखि श्राबण ४ गते सम्म केन्द्रिय कार्यालय केन्द्रित आन्दोलनमा उत्रने, असार ५ देखि प्रदेश कार्यालयमा आन्दोलनको जेहाद छेडने यति गर्दा पनि निकास नदिए शाखा स्तरीय आन्दोलन चर्काउदै कडा भन्दा कडा आन्दोलनमा उत्रने कर्मचारी युनियनले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS