IME Life

कफी खेतीको जोखिम कम गर्न बीमा जरुरी

SPIL
NIC ASIA

आर्थिक बर्ष २०७६ को सर्वेक्षणमा कफीखेती गर्ने कृृषक र व्यवसायीहरुबाट प्राप्त कफीखेती प्रर्वधनका लागि सरकारले गर्नुपर्ने सुझावमा बीमाको व्यवस्था गर्नुपर्ने माग राखेका छन् ।
मौसम परिवर्तनले ८० प्रतिशत कफी उत्पादनमा ह्रास आएको सर्भेले बताएको छ । कृषकलाई बीमाको व्यवस्था गरिदिने हो भने उत्पादन थप बढ्ने सम्भावना देखिने राष्ट्रिय चिया तथा कफी विकास बोर्डका प्रमुख दीपक खनालले बताए ।
नेपालमा कफीको बिरूवा उत्पादन गर्ने ५५ वटा नर्सरी छन्। ती नर्सरीबाट कुल ७ लाख २० हजार १ सय १० विरूवा उत्पादन हुँदै आएको छ।

कफीको बीमा कसरी गर्ने ?
कृषकहरुले कफी रोपेकै बर्षबाट बीमा गर्न सक्नेछन् । तर, बीमालेखमा उल्लेख भए बमोजिमको प्राविधिक प्रक्रिया पुरा गरी कफी खेती गरेको हुनुपर्नेछ । यस बीमा योजना अनुसार कफी रोप्दा रोपण गरिने विरुवा पोली ब्यागमा रोपेको कम्तिमा १ फिट अग्लो, शिशा कलम जत्रो मोटो, ६ जोडी पात भएको, १४ देखि १८ महिनाको, रोगरकिरा नलागेको स्वस्थ्य बेना हुनुपर्नेछ । त्यस्तै, विरुवा लगाउनु भन्दा कम्तिमा एक महिना पहिला देखि रेखाङ्ककन गरी ३५ सेमी गहिरो र चौडा खाडल खनेको हुनुपर्नेछ । बर्षा सुरु भएपछि असार देखि साउन महिनासम्ममा विरुवा रोपण गरिसक्नुपर्नेछ । सिंचाईको सुविधा भएको ठाउँमा फागुन, चैत्रमा पनि रोपण गर्न सकिनेछ ।

Prabhu
Crest

दाबीको अवस्था
बीमा गरिएको कफी खेतीमा हानी नोक्सानी भएमा कृषकले ७ दिन भित्रमा बीमा कम्पनीमा खबर गर्नुपर्नेछ । बीमा अवधि भित्रमा बीमा गरिएको कफी खेती कुल बिमांक रकमको ५ प्रतिशत भन्दा बढी क्षति भएमा मात्र बिमा दाबी लाग्नेछ ।
यस बीमा योजना अनुसार आगलागी चट्याङ, भूकम्प, अधिक बर्षा, बाढी, डुबान, खडेरीका कारण कफी खेतीमा हानी नोक्सानीमा भएका कम्पनीले बिमांक रकमको ९० प्रतिशत रकम भुक्तानी गर्छ । त्यस्तै, आँधि बेहरी, असिना, हिउँ, तुसारो, आकस्मिक तथा रोगबाट हुने हानी नोक्सानीको पनि कम्पनीले रक्षावरण गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS