IME Life
Beema Board

जनता बैंकको एकैसाथ ६ नयाँ शाखा विस्तार

SPIL
NIC ASIA
Sanima Reliance

जनता बैंक नेपालले एकै साथ काठमाडौं उपत्यकामा ३ र अन्य स्थानमा ३ गरी एकै साथ ६ शाखा संचालनमा ल्याएको छ । बैंकले नयाँ ठिमी भक्तपुर, पाटन सुन्धारा, कीर्तिपुर काठमाडौं, फिदिम पाँचथर, मन्थली रामेछाप र डुम्रे तनहुँमा नयाँ शाखा कार्यलयकहरु संचालनमा ल्याएको हो ।

मन्थली शाखाको उद्घाटन मन्थली नगरपालिकाका मेयर रमेशकुमार बस्नेतले गरे । कार्यक्रममा बैंकका अध्यक्ष केशबबहादुर रायमाझी र प्रमुख कार्यकारी अधिकृत श्री परशुराम कुँबर क्षेत्रीले बैंकको बारेमा मन्तब्य राखेका थिए ।

Prabhu
Crest

यसैगरी फिदिम शाखाको फिदिम नगरपालिकाका मेयर ओनाहाङ नेम्वाङ, डुम्रे शाखाको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्ण्सिं थापा, पाटन सुन्धारा शाखाको बैंकका सञ्चालक रामबहादुर भण्डारी, ठिमी शाखाको बैंकका सञ्चालक सञ्जिव न्यौपाने र कीर्तिपुर शाखाको नायव प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले समुद्घाटन गरेका थिए ।

नयाँ खोलिएका शाखाहरुबाट ती क्षेत्रका सर्वसाधारण तथा उद्यमी व्यवसायीहरुलाई सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुबिधा लगायत सम्पूर्ण आधुनिक बैकिङ सेबा उपलब्ध गराइने छ ।

हालसम्म बैंकले १ सय ३५ शाखा ५० शाखारहित बैंकिङ, १ सीमित बैंकिङ इकाइ, ३ एक्सटेन्सन काउन्टर तथा १ सय ३ एटीएम मार्फत उच्चस्तरिय बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS