IME Life

नेप्से २ अंकले घट्यो, कारोबार रकम ३७ करोडमाथि

SPIL
NIC ASIA

साताको दोस्रो दिन शेयर बजार सामान्य अंकले घटेको छ । नेप्से २.८६ अंकले घटेर १,२४२.०३ अंकको बिन्दुमा गएर कारोबार बन्द भएको छ । विकास बैक, हाइड्रोपावर कम्पनी, लाईफ इन्स्योरेन्स र उत्पादनमुलक बाहेक सबै उपसुचक घटेका छन् । सबैभन्दा धेरै होटल समुह १९ अंकले घटेको छ ।

दिनभरिमा १ सय ५९ कम्पनीको १२ लाख २१ हजार ४ सय कित्ता शेयर ५ हजार ९ सय ७१ पटक खरिदविक्री हुँदा ३७ करोड ४७ लाख २५ हजार ७५ रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल बैंकको २ करोडमाथिको कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, प्रभु बैंक, सिवम् सिमेन्ट, एनआईसी एशिया बैंक, हिमालयन डिस्टीलरी, नेपाल लाईफ इन्स्योरेन्स प्रोमोटर शेयर, नेपाल इन्भेष्टमेन्ट बैंक, सानिमा बैंक र सिद्धार्थ बैंकको क्रमश १ करोडमाथिको कारोबार भएको छ ।

सिभिल लघुवित्त, अरुण भ्याली हाइड्रोपावर र स्वाभिमान लघुवित्तका शेयरधनीले सबैभन्दा धेरै ४ प्रतिशतका दरले कमाएका छन् भने मिथिला लघुवित्तका शेयरधनीले सबैभन्दा धेरै ४ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS