SKIP THIS

MLBL
IME Life
Beema Board

नेपाल पुनर्बीमा कम्पनीले निष्कासन गर्न लागेको १ अर्ब ६० करोडको आइपीओले पायो ग्रेड २ रेटिङ

SPIL
NIC ASIA
Sanima Reliance

नेपाल पुनर्बीमा कम्पनीले निष्कासन गर्न लागेको १ अर्ब ६० करोड बराबरको आइपीओले ग्रेड २ रेटिङ पाएको छ ।

इक्रा नेपालले १ देखि ५ प्वाइन्ट स्केलमा ग्रेडिङ्ग प्रदान गर्दछ, जसमा ग्रेड १ ले बलियो आधारहरु जनाउँछ भने ग्रेड ५ ले कमजोर आधारहरु जनाउँछ । ग्रेड २, ३ र ४ मा प्रयोग गरिने प्लस चिन्हले त्यस समूहका तुलनात्मक सकारात्मक स्थितिलाई जनाउँदछ । कम्पनीले सर्वसाधारण र आफ्ना कर्मचारीका लागि आइपीओ जारी गर्न लागेको हो ।

Prabhu
Crest

पुनर्बीमा कम्पनीले आइपीओ निश्कासनका लागि यसअघि नै आरबीबी मर्चेन्ट बैंकिंग लिमीटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक तोकिसकेको छ ।

कम्पनीले चुक्ता पूँजीको १५ प्रतिशत सर्वसाधारणका लागि र बाँकी १ प्रतिशत कर्मचारीका लागि गरी कुल १६ प्रतिशत साधारण सेयर निश्कासन गर्ने तयारी गरेको छ ।

नेपाल पुनर्बीमा कम्पनीको अधिकृत पूँजी रु.१५ अर्ब, जारी पूँजी रु. १० अर्ब, र चुक्ता पूँजी रु. ८ अर्ब ४० करोड रहेको छ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात संस्थाको चुक्ता पूँजी रु.१० अर्ब हुनेछ ।

थापाथली, काठमाण्डौमा केन्द्रीय कार्यालय रहेको यस पुनर्बीमा कम्पनीले स्थापनाको छोटो अवधिमै स्वदेशका जीवन तथा निर्जीवन बीमा कम्पनी र बिदेशी बीमा तथा पुनर्बीमा कम्पनीहरुसँग कारोबार गरी आर्थिक वर्ष २०७४/ ७५को अन्तसम्म कुल रु. ४ अर्ब पुनर्बीमा शुल्क संकलन तथा रु. ९ अर्ब ४० करोड लगानी गर्न सफल भएको छ ।

हाल कम्पनीमा नेपाल सरकारको ४३.५५ प्रतिशत सेयर स्वामित्व रहेको छ भने बाँकी विभिन्न कम्पनी तथा संघसंस्थाको लगानी रहेको छ ।

आइपीओ पछि कम्पनीमा संस्थापक :सर्वसाधारण सेयरधनीको स्वामित्व संरचना ८४ः१६ हुनेछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS