IME Life

नेप्से सामान्य अंकले घट्यो, कारोबार रकम ६२ करोडमाथि

SPIL
Sanima Reliance
GBIME

साताको अन्तिम कारोबार आज पनि नेप्से सामान्य अंकले घटेके छ । शेयर बजार १.१४ अंकले घटेर १,२५७.१५ अंकमा कायम भएको छ । बैंकिङ, होटल, फाइनान्स र अन्य बाहेक सबै उपसुचक घटेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समुह १ सय १ अंकले घटेको छ ।

दिनभरिमा १ सय ७२ वटा कम्पनीको १८ लाख ५४ हजार ६ सय ६७ कित्ता शेयर ७ हजार ६ सय ५९ पटक खरिदविक्री हुँदा ६२ करोड ७९ लाख ८ हजार ८ सय १२ रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन डिस्टीलरीको १४ करोड रुपैयाँको कारोबरा भएको छ ।

Crest

त्यसैगरी नेपाल बैंकको ५ करोड ६५ लाख ५५ हजार ६ सय रुपैयाँको कारोबार भएको छ । प्रभु बैंकको ३ करोडमाथिको कारोबरा भएको छ । सिवम् सिमेन्ट र सिद्धार्थ बैंकको २ करोडमाथिको कारोबार भएको छ । गोर्खाज फाइनान्स प्रोमोटर शेयर, सिभिल बैंक,नविल बैंक र एनआईसी एशिया बैंकको १ करोडमाथिको कारोबरा भएको छ ।

सबैभन्दा धेरै मल्टिपर्पोज फाइनान्का शेयरधनीले ९ प्रतिशतका दरले कमाएका छन् भने आइएमइ जनरल इन्स्योरेन्स, पाचँथर पावर कम्पनी, स्पर्स लघुवित्त, कालिका पावर कम्पनी र आँखुखोला जलविद्युत कम्पनीका शेयरधनीले सबैभन्दा धेरै ४ प्रतिशतका दरले गुमाएका छन् ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS