IME Life
Beema Board

गुराँस लाइफको ३ लाख २२ हजार कित्ता शेयर लिलामीमा आउँदै, असार ५ देखि १२ गतेसम्म बोलपत्र पेश गर्न पाइने

SPIL
NIC ASIA
Sanima Reliance

गुराँस लाइफ इनस्योरेन्सले ३ लाख २२ हजार ५ सय ७६ कित्ता शेयर लिलामीबाट बिक्री गर्ने भएको छ । इनस्योरेन्सले संस्थापक समूहको २ लाख ४० हजार सय ७१ कित्ता र सर्वसाधारण समूहको ८२ हजार ५ कित्ता सेयर लिलामी गर्न लागेको हो । उक्त लिलामी शेयरमा असार ५ देखि १२ गतेसम्म बोलपत्र पेश गर्न पाइनेछ ।

इन्स्योरेन्सले गत चैत २८ गतेदेखि जेठ १ गतेसम्म २ बराबर १ को अनुपातमा हकप्रद निष्काशन गर्दा बिक्री नभएको शेयर अहिले लिलामी गर्न लागेको हो । त्यसबेला कुल २९ लाख ७० हजार कित्ता हकप्रद शेयर बिक्री खुला गरेकोमा २६ लाख ४७ हजार ४ सय २४ कित्ताका लागि मात्र आवेदन परेको थियो ।

Prabhu
Crest

संस्थापक समूहमा न्यूनतम १ हजार कित्ता र सर्वसाधारण समूहमा न्यूनतम १ सय कित्ताका लागि अवेदन दिन सकिनेछ । संस्थापक शेयरको हकमा भने लिलामी खुला रहेको मितिसम्म कायम संस्थापक शेयरधनी मात्र आवेदन दिन योग्य रहनेछन् ।
शेयर निष्काशनत तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ । लक्ष्मी बैंकको बिर्तामोड, जनकपुर, विराटनगर, हेटौंडा, नारायणगढ, पोखरा, बुटवल, वीरगञ्ज, बाग्लुङ, दाङ, सुर्खेत, नेपालगञ्ज, धनगढी र महेन्द्रनगरबाट आवेदन दिन सकिनेछ । यसैगरी, लक्ष्मी क्यापिटल मार्केट, नयाँ बनेश्वर, काठमाडौंबाट पनि बोलपत्र बुझाउन सकिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS