IME Life

कर्णाली प्रदेशका पत्रकारले निःशूल्क दुर्घटना र स्वास्थ्य बीमा सुविधा पाउने

SPIL
NIC ASIA

कर्णाली प्रदेश सरकारले त्यहाँका पत्रकारहरुको निः शूल्क बीमा गराउने भएको छ । सातै वटा प्रदेशले आर्थिक वर्ष २०७६ /७७ का लागि आयव्यय सहितको बजेट आइतबार सार्वजनिक गरेसँगै कर्णाली प्रदेशको सरकारले उक्त प्रदेशका पत्रकारहरुलाई  दुर्घटना बीमा र स्वास्थ्य बीमाको सुविधा दिने भएको हो ।

कर्णाली प्रदेश सरकारले उक्त क्षेत्रका पत्रकारहरुको दुर्घटना बीमा अन्तरगत २ लाख ५० हजार र स्वास्थ बीमा अन्तर्गत ५० हजार सम्म निः शुल्क बीमा गराउने भएको हो । अंगभग भएमा वा दूर्घटना भएको खण्डमा कर्णाली प्रदेशका पत्रकारहरुले यस बीमा सुविधा पाउने भएका हुन् ।

Prabhu
Crest

कर्णाली प्रदेश सरकारले सरकारी स्वामित्वको कम्पनी राष्ट्रिय बीमा कम्पनी र स्वास्थ बीमासँग सहकार्य गरी सो प्रक्रिया अघि बढाउने भएको छ । हाल कर्णाली प्रदेशमा २ सय ८७ जना पत्रकारहरु रहेका छन् ।

उनले प्रदेश नं ५ बाहेक सबै क्षेत्रमा यस अवधारणाको लागि आग्रह गरे । यसरी बीमा गराउन सकिने अवधारणा राष्ट्रिय बीमा कम्पनीका पूर्व बजार विज्ञ सुकल्याण पराजुलीले ल्याएका हुन् ।

‘केन्द्र सरकार तथा अन्य प्रदेश सरकारलाई पनि यसरी बीमा गराउन सकिने अवधारणापत्र बुझाएका थियौं, कर्णाली प्रदेशले कार्यान्वयनमै ल्याएको सुन्दा खुसी लागेको छ,’ पराजुलीले भने । राष्ट्रिय बीमा कम्पनीले जेठ १० गतेदेखि नै उक्त पोलिसी कर्णाली प्रदेशको लागि निमार्ण गरिसकेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS