IME Life

नाटा र एनसीएचएलबीच बिधुतिय भुक्तानी प्रणाली लागु गर्ने सम्झौता

SPIL
NIC ASIA

नेपाल एसोसिएसन अफ टूर तथा ट्राभल एजेन्ट्स (नाटा) र नेपाल क्लियरिङ्ग हाउसबीच नाटाका सदस्य ट्राभल एजेन्टहरु र तीनका ग्राहकले सोझै बैंक खाताबाट अनलाईन भुक्तानी कारोबारहरु गर्न मिल्ने गरी भुक्तानी प्रणालीहरुको व्यवस्था गर्ने सम्झौता भएको छ ।

उक्त समझदारीमा नाटाका अध्यक्ष सि.एन. पाण्डे  तथा नेपाल क्लियरिङ हाउसका प्रमुखकार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन । उक्त साझेदारी अन्तर्गत नाटाका सदस्य ट्राभल एजेन्टहरुले कनेक्ट आइपिएस इ–पेमेन्ट प्रणालीको पेमेन्ट गेटवे आफ्नो वेबसाइटमा इन्टिग्रेट गरी ग्राहकहरुले सोझै अनलाईनबाट विभिन्न ट्राभल सेवाहरुका भुक्तानी गर्न सक्ने छन् ।

Prabhu
Crest

ग्राहकहरुले आफ्नो बैंक खाताबाट ट्राभल एजेन्टहरुलाइ कनेक्टटिप्स डट कम अथवा यसको मोबाईल एप्स्को प्रयोग गरी अथवा आबद्ध ४९ बैंक तथा वित्तिय संस्थाहरुबाट पनि भुक्तानी गर्न सक्नेछन् । उक्त प्रणाली प्रयोग गरी आफ्ना सदस्य ट्राभल एजेन्टहरुको भुक्तानी कारोबारहरुलाई सहजीकरण गर्नुका साथै नाटालाई गर्नुपर्ने वार्षिक एवं अन्य सदस्यता शुल्कहरुको भुक्तानीहरु पनि यसै अनलाईन प्रणालीबाट प्राप्त गर्न सक्नेछन् । यस सम्झौताले पर्यटन क्षेत्रमा लागेका नेपाल भरीका ट्राभल तथा टूर एजेन्टन्सहरुको भुक्तानी तथा नगदप्रवाहमा मद्दत पुग्नुका साथै तीनका ग्राहकलाई अनलाईन भुक्तानी गर्न थप सहज हुने विश्वास दुबै संस्थाहरुले लिएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS