आइएमई जनरल र प्रेमज्योति प्राथमिक विद्यालयबीच सम्झौता

241

आइएमई जनरल इन्स्योरेन्स र सर्लाही जिल्लाको लालबन्दी नगरपालिका ६ मा रहेको प्रेमज्योति प्राथमिक विद्यालयबीच सम्झौता भएको छ । इन्स्योरेन्सले उक्त विद्यालयका बिधार्थीहरुको दुर्घटना बीमा गर्ने गरी सहमति भएको हो ।

सम्झौता पछि लालबन्दी वडा नम्बर ६ को कार्यालयले सो विद्यालयमा अध्ययनरत ८१ जना विधार्थीहरुको लागि आइएमई जनरल इन्स्योरेन्सले जारी गरेको आइजीआई विधार्थी बीमालेख र सोही विद्यालयमा नर्सरीमा अध्ययनरत ४५ जना विधार्थीका लागि दुर्घटना बीमा खरिद गरी निःशुल्क रुपमा विद्यालयलाई प्रदान गरेको छ ।

कार्यक्रममा वडाध्यक्ष उज्ज्वल कार्कीले विधार्थीहरुको निःशुल्क बीमा गरिएको र उक्त बीमा गर्दा लाग्ने रकम वडा कार्यालयले भुक्तान गरिदिएको जानकारी दिए ।

उक्त सामुदायिक विद्यालय आइएमई जनरल इन्स्योरेन्सले हालै जारी गरेको नेपालको पहिलो विधार्थी बीमालेख आइजीआई विधार्थी बीमालेख प्राप्त गर्ने पहिलो सामुदायिक विद्यालय भएको सो कार्यक्रममा जानकारी दिइयो ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्