Prabhu Life Ad Final

मर्जरको प्रस्ताव सहित आइएमई जनरलले बोलायो वार्षिक साधारण सभा

IME PAY

आइएमई जनरल इन्स्यारेन्सले विभिन्न प्रस्ताव पारित गर्नका लागि आगामी असार २९ गते २१औं वार्षिक साधारणसभा गर्ने भएको छ । कम्पनीको जेठ २८ गते बसेको ७८औं बैठकको निर्णय अनुसार कम्पनीको चुक्ता पूँजी ९७ करोड २० लाखको ५ प्रतिशत बोनश शेयर पारित गर्नका लागि उक्त साधारण सभा गर्ने भएको हो ।

बोनश शेयर वितरण गरेर आइएमई जनरल इन्स्योरेन्सले न्युनतम चुक्ता पुँजी पुर्याउने भएको छ । कम्पनीले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर वितरण गरेर चुत्तापुँजी १ अर्ब रुपैयाँ पुर्याउने भएको हो ।

NCHL

सभामा संस्थापक शेयरधनीको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने १ जना संचालक पद रिक्त रहेकाले उक्त रिक्त पदमा बाँकि कार्यकालका लागि संचालक समितिबाट संचालक नियुक्ति गरिएकाले सोको अनुमोदन गर्ने ।

साथै,निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने,गाभिने वा प्राप्ति गर्ने सम्बन्धि सम्पुर्ण अधिकार सञ्चालक समितिलाई दिनका लागि सभामा प्रस्ताव पेश गरिने भएको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x