काठमाडौंको कान्तिपथमा बाल्ट्राको शोरुम

138

बाल्ट्रा होम एप्लाइन्सेस्ले काठमाडौंको कान्तिपथमा शोरुम संचालनमा ल्याएको छ । ग्राहकहरुलार्य सेवा विस्तार गर्ने उद्देश्यले उक्त शोरुम संचालनमा ल्याएको जनाएको छ । विभिन्न रेञ्जका ठूला तथा साना होम एप्लाईन्सहरुका नवीन तथा उत्कृष्ट उत्पादनहरु नेपाली उपभोक्ताहरुमाझ बिक्री वितरण गर्दै आएको बाल्ट्रा होमले राजधानीमा आफ्नो पहिलो र भव्य शोरुमको उद्घाटन गरेको छ ।उक्त शोरुमको उद्घाटन नेपालकी बहु चर्चित नायिका प्रियंका कार्कीले गरिन् ।

उत्पादनहरुको विभिन्न रेञ्ज रहेको यस शोरुमबाट ग्राहकहरुले एउटै छानामुनि बाल्ट्राका सबै उत्पादनहरु खरिद गर्न सक्नेछन् ।

ईलेक्ट्रोनिक तथा घरेलु सामानहरुमा विविध र नवीन उत्पादनहरु उत्पादन गर्दै आएको बाल्ट्रा होम एप्लाइन्सेस्ले विगत १० वर्षदेखि नेपाली उपभोक्ताहरुको मन जित्दै आएको छ । साथै, निकट भविष्यमा नै बाल्ट्राले देशका विभिन्न स्थानमा शोरुमहरु खोल्ने लक्ष्य लिएको छ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्