IME Life

नेप्से सामान्य अंकले घट्यो, ५० करोडमाथिको कारोबार

SPIL
NIC ASIA

शेयर बजार आज सामान्य अंकले घटेको छ । नेप्से ३.५० अंकले घटेर १,२७२.४८ अंकमा कायम भएको छ । ट्रेडिङ, होटलर अन्य बाहेक सबै उपसुचक घटेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समुह ६१ अंकले घटेको छ ।

त्यसैगरी क वर्गका मापन सेन्सेटिभ परिसुचक पनि सामान्य अंकले घटेको छ । सेन्सेटिभ परिसूचक ० दशमलव ५० अंकले बढेर २ सय ७२ दशमलव ३५ बिन्दुमा आएर बन्द भएको छ ।

Prabhu
Crest

दिनभरिमा १ सय ७४ वटा कम्पनीको १८ लाख ७१ हजार ८ सय ९ कित्ता शेयर ६ हजार ७ सय ९२ पटक खरिदविक्री हुँदा ५० करोड २६ लाख ८२ हजार ८ सय ८१ रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै ग्लोबल आइएमई बैंक प्रोमोटर शेयरको ७ करोडमाथिको कारोबार भएको छ ।

त्यसैगरी, सिवम् सिमेन्टको ४ करोड २५ लाख रुपैयाँको कारोबार भएको छ । प्रभु बैंकको २ करोड १३ लाख ५८ हजार रुपैयाँको कारोबार भएको छ । एनसीसी बैंक, एनआईसी एशिया बैंक, मेगा बैंक, नेपाल बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको १ करोडमाथिको कारोबार भएको छ ।

सबैभन्दा धेरै साल्ट ट्रेडिङ कर्पोरेशनका शेयरधनीले १० प्रतिशतका दरले कमाएका छन् भने नेपाल हाइड्रो डेभलपर्सका शेयरधनीले सबैभन्दा धेरै ७ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS