IME Life
Beema Board

स्वास्थ्य बीमा गरेकाले १६६० प्रकारको उपचार गराए

SPIL
NIC ASIA
Sanima Reliance

सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रममा सहभागी भएका बीमितले १ हजार ६६० प्रकारका रोगहरुको उपचार गरेका छन् । स्वास्थ्य बीमा बोर्डको तथ्यांक अनुसार गत आर्थिक बर्ष २०७४/७५ को अन्त्यसम्ममा बीमितहरुले उक्त संख्याका रोगहरुको उपचार गराएका हुन् ।

बोर्डको तथ्यांक अनुसार बीमितहरु साना तथा ठूला प्रकृतिका रोगको उपचारका लागि अस्पतालमा ५ लाख २० हजार ९४७ पटक पुगेको देखिन्छ । तथ्यांक अनुसार उपचारका लागि सबैभन्दा बढी उच्च रक्तचापका बिरामी अस्पताल पुगेका छन् । स्वास्थ्य बीमामा सहभागी भएकामध्ये उच्च रक्तचापका लागि ४२ हजार ८१६ पटक अस्पताल पुगेका छन् । उक्त रोगको उपचार गरे बापत बोर्डले अस्पतालाई ५ करोड ४६ लाख रुपैयाँ भुक्तानी गरेको छ ।

Prabhu
Crest

त्यस्तै, पेटको दुखाईका लागि बीमितहरु २७ हजार ९५२ पटक अस्पताल पुगेका छन् । उक्त रोगको उपचारका लागि बोर्डले अस्पताललाई ३ करोड १० लाख रुपैयाँ भुक्तानी गरेको छ । ग्याष्ट्रिक रोगको उपचारका लागि १७ हजार ७२९ पटक बीमितहरु अस्पताल पुगेका छन् । जसको लागि बोर्डले १ करोड ८३ लाख रुपैयाँ भुक्तानी गरेको छ । मधुमेह रोगका लािग १७ हजार ५६ पटक बीमित अस्पताल पुगेका छन् । जसका लागि बोर्डले २ करोड ९३ लाख रुपैयाँ भुक्तानी गरेको छ । साथै दातको उपचारका लागि १३ हजार ५५४ पटक बीमितहरु अस्पताल पुगेका छन् । जसका लागि बोर्डले ७४ लाख ९५ हजार रुपैयाँ भुक्तानी गरेको छ ।

चितवनका धेरै बीमितले लिए उपचार सेवा

बोर्डको तथ्यांक अनुसार गत आवमा प्रदेश नम्बर एकमा कार्यक्रम विस्तार भएका जिल्लामध्ये इलामका बीमितले सबैभन्दा बढी सेवा लिएका छन् । इलामका २० हजार १८७ बीमितले उपचार सेवा लिएका छन् । जसका लागि बोर्डले २ करोड १४ लाख रुपैयाँ भुक्तानी गरेको छ । त्यस्तै खोटाङ्ग जिल्लामा सबैभन्दा कम १ हजार ६८० बीमितले सेवा लिएका छन् । जस बापत बोर्डले अस्पतालाई २२ हजार ५८० रुपैयाँ भुक्तानी गरेको छ ।

प्रदेश नम्बर दुईमा भने रौतहट जिल्लाका १ हजार ५८२ बीमितले सेवा लिएका छन् । यो संख्या सबैभन्दा बढी हो । सेवा लिए बापत बोर्डले २ लाख ४ हजार रुपैयाँ भुक्तानी गरेको छ । त्यस्तै पर्सा जिल्लाका एक जना बीमितले पनि गत आवको उपचार लिएनन् । प्रदेश नम्बर तीनको चितवन जिल्लाका सबैभन्दा बढी ८९ हजार ७२ बीमितले औषधी उपचार सेवा लिएका छन् । जस बापत बोर्डले १४ करोड ८६ लाख रुपैयाँ भुक्तानी गरेको छ । उक्त प्रदेशमा सबैभन्दा एक रामेछाप जिल्लाका बीमितले सेवा लिएका छन् ।

त्यस्तै, गण्डकी प्रदेशमा भने कास्की जिल्ला धेरै ४७ हजार ६९४ बीमितले स्वास्थ्य सेवा लिएका छन् । जस बापत बोर्डले १३ करोड २१ लाख रुपैयाँ भुक्तानी गरेको छ । म्याग्दी जिल्ला सबैभन्दा कम ५ हजार ९५३ बीमितले सेवा लिएका तथ्यांकमा उल्लेख छ । प्रदेश नम्बर पाँच भने पाल्पा जिल्लाका सबैभन्दा बढी ५८ हजार ३२७ बीमितले स्वास्थ्य उपचार सेवा लिएका छन् । तर, कपिलबस्तुका सबैभन्दा कम २ हजार ८०५ बीमितले मात्रै उपचार सेवा लिएका छन् । कर्णाली प्रदेशको भने सुर्खेत जिल्लाका सबैभन्दा धेरै १२ हजार बीमितले सेवा लिए तर, रुकुमका एक जना बीमितले पनि सेवा लिएनन् । सुदुर पश्चिम प्रदेशमा कैलाली धेरै बीमितले सेवा लिए । उक्त जिल्लाका १८ हजार ७६१ बीमितले सेवा लिए भने बाजुराका १ हजार ४०६ बीमितले उपचार सेवा लिएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS