गलत अफवाह फैलाउने ज्योतिष क्षेत्री पक्राउ

ज्योतिष अर्जुन क्षेत्री पक्राउ परेका छन् । विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता दिँदै उनले भूकम्पसम्बन्धी अफवाह फैलाएको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई काठमाडौंको गौशालाबाट पक्राउ गरेको हो । उनीमाथि विपदसम्बन्धी अफवाह फैलाएको अभियोगमा अनुसन्धान सुरु गरिएको थियो । सोही सन्दर्भमा उनलाई प्रहरीले उक्त ठाउँबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार